मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:५४
वासिङटन डिसी 21:09

अहिलेको आमाको नयाॅंस्वरूप : नर्स

शशी के.सी २०७७ वैशाख १० गते २:०२ मा प्रकाशित

आज नेपालको “आमाको मुख हेर्ने दिन वा आमालाई सम्मान गर्ने दिन” । आजको दिन आमालाई मिठो मिठो परिकार, फलफुल, उपहारआदी दिएर, भेटेर, आमाबाट आशिर्वाद लिएर मनाउॅंछौं। आमाबाट टाढा वा बिदेशमा रहेका हामी फोन, फेसवुक आदीमा कुरा गरेरआशिर्वाद लिन्छौं। तेस्तै आजको दिन, हामीलाई जन्म नै नदिएका भएपनि,बिभिन्न समयमा, बिभिन्न ठाॅंउमा र बिभिन्न कारणले हाम्रा सुखदुखमा जोडिन पुगेका”आमा सरह” का महिलाहरूलाई पनि सम्झने गर्छौं, कोही भेट्नै पुग्छौं। भेट्न जान नसक्दा फोनमा कुरा गरेर हालचाल सोध्छौं, आशिर्वाद लिन्छौं।

आहा,यस बर्ष त हामीले आमाको नयाॅं स्वरूप पाएका छौं, उनी हुन “नर्स” ।

“नर्स” भन्नाले बिभिन्न स्वास्थ संस्था वा अस्पतालमा बिरामीको सेवामा दिनरात खटिएका महिलाहरू ( केही पुरूष पनि) हुन्। यो यस्तो पेशा हो, जो कोहीले रहर वा कर गरेर गर्न सक्दैनन्। सबै नर्समा केहि नभई नहुने गुणहरू”धैर्यता,ॲाट, हिम्मत, मिठो बोली, मायालु व्यवहार र आफ्नो काम प्रति इमान्दारीता” हो । जब हामी बिरामी भएर अस्पताल जान्छौं, डाक्टर भेट्नु भन्दा पहिले बिभिन्न तहका नर्सहरूसॅंग भेट हुन्छ। कोही “के,किन” आएको सोध्नेदेखि, व्लडप्रेसर,तौल, रगत, ज्वरो, आदी जाॅंच्ने । बिरामी पर्दा “तेसै पनि शरीर कमजोर हुन्छ र मन आत्तिएको”। तेस्तो बेला नर्सले देखाएको “मायालु” व्यवहारले बिरामीको अवस्थामा धेरै फरक पार्छ।

अहिले हामी लकडाउन वा घर भित्र बसिरहेका छौं। यसरी बस्नुको कारण त लगभग सबैलाई थाहा नै छ “करिब ४ महिना अगाडी चीनकोवुहान शहरमा पहिलोपटक देखा परेको अदृष्य कोरोना भाइरस” हो। संसारभर लाखौं यस भाइरसबाट संक्रमित भए, लाखौंले ज्यानगुमाए र केही लाखौंले यससॅंगको लडाईॅं जितेर सकुशल घर फर्के। अझै यो कोरोना भाइरस फैलिने क्रम जारी नै छ र यसबाट “आफु रअरूलाई बचाउन” वा अझै फैलिन नदिन घरमा बस्नु जरूरी छ।

देशले मद्दत माग्दा, जस्तै, नेपालको इतिहासको “नालापानीको युद्ध” को बेला जनताले, महिला, पुरूष, केटाकेटी सबै एकजुट भएर युद्ध लडेको कथा हामीले पढेका, सुनेका छौं। रमाइलो प्रसंग, कतै पढेको “नाला पानीको युद्धको बेला हरियो रायो, मुला, तोरीको साग जमिन खनेर गाडिएको थियो रे पछि खान हुन्छ भनेर, लडाईं सकिएर निकाल्दा त अमिलो अमिलो स्वादको भयो, यसरी अहिले हामीले खाने गुन्द्रुकको आविष्कार भएको रे”।

तेस्तै, बिश्वको इतिहास पढ्दा पनि उहिले पहिलो र दोस्रो युद्धको बेला अमेरिका, जर्मनी, बेलायत, जापान आदी बिभिन्न देशले लडाईॅंमा जानको लागि युवाहरूलाई आव्हान गरेका थिएरे,हाम्रै जिजुबुबा,हजुरबुबा पुस्ताहरू कति बेलायती सेनामा भर्ती भएर लडाईं लड्नु भयो।हो त्यो बेला लडाईॅं लड्न मद्दत मागे जस्तै अहिले देशले “अदृष्य कोरोना भाइरस सॅंग लड्न घर बसिदिनुस भनेर” मद्दत मागेको छ, मान्नैपर्यो, गार्हो भए पनि। फेरी यसरी बस्नु हाम्रो आफ्नै सुरक्षाको लागि पनि हो। केही गरि संसारको अरू देशमा जस्तै नेपालमा कोरोना भाइरसको संक्रमणले एकै पटक धेरै बिरामी भए भने त “ न पर्याप्त अस्पताल छ, न डाक्टर, नर्स, न स्वास्थ्य सामग्रीहरू, भेन्टिलेटर, पि.पि.ई नै” र साथै कोरोना भाइरस निको पार्ने औषधी नै पनि संसारभर कतै बनेको नै छ ।

जब चीनमा कोरोना भाइरसको सॅंक्रमण शुरू भयो। शुरूको दिनमा त केही मानिस मात्र बिरामी परेर अस्पताल गए, उनीहरूलाई सदा जस्तै आवस्यक किसिमले मात्र उपचार गरियो, तर जव बिस्तारै बिरामीहरू बढ्ने क्रम जारी रहयो,अनि साथै यो अरू बेलाको जस्तो साधारण रूघा खोकी पनि होइन जस्तो छ भनेर पत्ता लाग्दा सम्म त बिरामी सॅंग सॅंगै, बिरामीको उपचार गर्दै गरेका नर्स, डाक्टर पनि बिरामीपरे र केहीले त ज्यान पनि गुमाउनु पर्यो। अनि त यस्ता बिरामीलाई छुट्टै”आइसोलेसन” मा राखेर उपचार गर्न थालियो, स्वास्थकर्मीलाई पनि सुरक्षित स्वास्थ्य सामग्रीहरू,पोशाकहरू दिइयो र चीनबाट बाहिर आवतजावत बन्दाबन्दी” लकडाउन” गरियो। तेती गर्दा गर्दै पनि इटाली,अमेरिका, स्पेन, बेलायत आदी संसारका धेरै देशमा कोरोना भाइरस पुगिहाल्यो चिनबाट प्लेन चढेर र महामारी फैलिहाल्यो तेता ।ओहो, अहिले त भयावह अवस्था छ धेरै देश र ठाॅंउमा, धेरै बिरामी छन्, धेरै मर्न थाले र केही ठिक पनि हुॅंदैछन् । हाम्रै नेपाली मुलका डाक्टर, स्वास्थकर्मी, नर्सहरू पनि संसारका बिभिन्न देशमा “कोरोना भाइरस संक्रमित” बिरामीको उपचारमा कार्यरत हुनुहुन्छ। कोही त सेवा गर्दा गर्दै आफै पनि बिरामी परेर, अहिले निको पनि हुनु भयो, कोही अस्पताल र घरमा दुवैतिर बिरामीको सेवा गर्दै हुनुहुन्छ। अर्को“कोरोना भाइरस” लागेपछि सबैभन्दा ध्यान दिनु पर्ने कुरा अरूलाई सर्न नदिनु हो। साथै,यस्ता बिरामीले घरमा नै बसेर उपचार गरिरहॅंदा निको नहुन्जेलसम्म अरूबाट छुट्टै “क्वारेन्टिनमा”बस्नुपर्छ। अनि कोही अलिक गार्हो परेर अस्पतालमा उपचार गर्न जानुपर्दा, त्यहा पनिअलग “आइसोलेसन वार्डमा” बस्नु पर्छ।तेसैले,यसरी परिवारबाट टाढा बसेर उपचार गराई रहॅंदा आमाले जस्तै “माया” दिएर दिनरात खटिएर सेवा गरेर निको भइ फर्केका बिरामीहरूको लागि होस् वा अन्तिम अवस्थामा पुग्दा,कोही नहुॅंदा, एकान्तमा, एक्लै रोग सॅंग लडिरहेका बिरामीहरूको लागि”नर्स” अहिलेको आमाको “नयाॅंस्वरूप” हुन भन्छु मत ।

अन्त्यमा, अहिले लकडाउनको बेला भएकोले यस बर्ष “आमाको मुख हेर्ने दिन” अलिक फरक किसिमले मनाउनु पर्ने देखिन्छ। जोआमासॅंगै बस्नुहुन्छ, उनीहरूले त घरमा नै केही मिठो मसिनो पकाएर आमालाई खुवाएर मनाउलान्। तर अरू भेट्न जानु पर्ने छोराछोरीहरूले त जान संम्भव भएन अहिलेको अवस्थामा, साथै आमा अलिक पाको उमेर भएको र उहाॅंलाई केही सानो तिनो रोग छ भने त उहाॅंको सुरक्षा कै लागि पनि बाहिर बाट भेट्न जानु ठिक देखिॅंदैन। भेट्न गए पनि सजकता अपनाउनु जरूरी छ।

  • शशी के.सी

प्रतिक्रिया