बिहीबार, असोज ७ २०७८
काठमाडौं १६:१९
वासिङटन डिसी 06:34

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीको कारण अस्थायी रूपमा अध्यागमन स्थगित गर्ने

इनेप्लिज २०७७ वैशाख ९ गते ११:०६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीको कारण अस्थायी रूपमा अध्यागमन स्थगित गर्ने भएका छन् । उनले गत सोमबार साँझ उक्त कुरा बताउदै अमेरिकामा अस्थायी रूपमा अध्यागमन स्थगित गर्ने र कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाएका छन् ।

राष्ट्रले कोरोनाभाइरस महामारीको कारण स्वास्थ्य र आर्थिक प्रभावको सामना गर्नु परेकोले उक्त कदम चाल्नु परेको बताए ।

“अदृश्य दुश्मनबाट आक्रमण,र हाम्रा महान अमेरिकी नागरिकहरूको जागिर जोगाउनु पर्ने आवश्यकताको आधारमा म संयुक्त राज्यमा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु ।” उनले सामाजिक संजाल ट्वीट गरेका छन् ।

यो स्पष्ट छैन कि उनले अध्यागमनलाई निलम्बन गर्न कस्तो संयन्त्र प्रयोग गर्ने छन । यति लामो निलम्बन कति लामो समय सम्म रहन सक्छ वा यसले अमेरिकी सीमा आवतजावतको सञ्चालनमा र अस्थायी आवासीय पत्र (ग्रीन कार्ड) भएका व्यक्तिहरूमा कस्तो असर पार्दछ।

ह्वाइट हाउसले सोमबार साँझ कार्यकारी आदेशको बारेमा थप जानकारी दिन अस्वीकार गरेको छ । अमेरिकी गृह मन्त्रालय (होमल्याण्ड सुरक्षा विभाग)ले तुरून्त टिप्पणीको लागि अनुरोधलाई प्रतिक्रिया गर्न मानेनन ।

संयुक्त राज्य अमेरिकामा आप्रवास अत्यधिक काटिएको छ भने शरणार्थी पुनर्वासमा रोक लगाइएको छ,। यस्तै गरि प्रवेशआज्ञा (भिसा)कार्यालयहरु धेरै बन्द छन भने नागरिकता प्रदान गर्ने समारोह स्थगित भएका छन् ।

श्रोत : सिएनएन

प्रतिक्रिया