शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:१५
वासिङटन डिसी 16:30

भर्जिनिया फेयरफ्याक्समा घरेलु सम्बन्धी हत्याको अभियोगमा एक महिला पक्राउ

इनेप्लिज २०७७ वैशाख ७ गते २०:०१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रिया शहरमा घरेलु झैँ झगडा सम्बन्धी हत्याको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ । गत शुक्रबार अलेक्जान्ड्रिया शहरको दक्षिणी भागमा उक्त महिलाले छुरा प्रहार गरि हत्या गरिएको कारण प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।

गत शुक्रबार करिव ८:३० बजे बिहान अलेक्जान्ड्रिया स्थित फरम्यान लेन(गल्ली)को एक अपार्टमेन्ट (आवासगृह)मा ३२ बर्षिय चार्ल्स अल्भारेजलाई शरीरको माथिल्लो भागमा छुरा प्रहार गरि घाइते अवस्थामा प्रहरीहरुले फेला पारेका थिए ।

अल्भारेजलाई नजिकैको अस्पताल लगिएको थियो भने जहाँ उनको चोटपटकबाट मृत्यु भयो। प्रहरी जासूसहरूले मृतककि २३ बर्षिय बहिनी सराह एस्मेरेल्डा लाई यस घटनाको लागि एक संदिग्धको रूपमा पहिचान गरे ।

उनलाई हत्याको आरोपमा पक्राउ गरि फेयरफ्याक्स काउन्टी वयस्क हिरासत केन्द्रमा धरौटी बिना राखिएको छ । अनुसन्धानकर्ताहरुले यस बिषयमा अझ गहिरो अनुसन्धान गरि रहेका छन ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया