शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:४८
वासिङटन डिसी 18:03

टेक्ससको घरेलू झगडामा गएका एक प्रहरी मारिनुको साथै दुई अन्य प्रहरी घाइते

इनेप्लिज २०७७ वैशाख ७ गते १३:३० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा घरेलू झगडा भएको स्थानमा खबर पाए पछि गएका एक प्रहरी मारिएका छन् । दुई अन्य प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार गत शनिबार सान मार्कसमा उक्त घटना भएको जनाएका छन् ।

सान मार्कस शहर हेज काउन्टीमा पर्दछ भने अस्टिनबाट करिव ३० माइल दक्षिण र सान एन्टोनियोबाट केही दुरीमा रहेको छ । प्रहरीका अनुसार उद्धारका लागि गएका प्रहरीमाथि धराप राखेको जनाएका छन् । सान मार्कस प्रहरी बिभागले सामाजिक संजालमा गत शनिबार ७:१५ मा उक्त घटना भएको जनाउदै त्यहाका निवासीहरुलाई सतर्कता जनाउन अपिल गरेको थियो ।

प्रहरीलाई गोलीवारी चलाई सके संदिग्ध व्यक्तिले पनि स्वयम् आफूलाई गोली हानी हत्या गरेका छन् । अझ सम्म मृतक प्रहरी अधिकारीको सनाखत हुन् सकेको छैन भने घाइते भएका अन्य प्रहरीलाई अस्पतालमा उपचार भै रहेको छ ।

दुई अधिकारी मध्ये एकको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उक्त संदिग्ध व्यक्तिले पारिवारिक हिंसामा राइफल बन्दुक प्रयोग गरेका थिए । त्यहाको स्थानीय संचार माध्यम दूर दर्शन केभीयुई-टिभीका अनुसार ट्वीन लेक भिला अपार्टमेन्ट(सदनिका)मा करिव ६ बजे उक्त घटना भएको जनाएको छ ।

श्रोत :युपीआई ,तस्बिर : केभीयुई

प्रतिक्रिया