कोरोना जितेर ‘डिस्चार्ज’ भएकी १९ वर्षीया युवती यस्तो भन्छिन् ! ( हेर्नुहोस भिडियो )

इनेप्लिज २०७७ वैशाख ६ गते १६:३४ मा प्रकाशित

 

 

गत चैत १० गते कोरोना संक्रमण पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ‘डिस्चार्ज’ भएकी हुन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ‘आइसोलेसन वार्ड’मा उपचाररत् ती युवतीको सबै ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् ।

डिस्चार्ज भएपछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वस्थ बनेर घर फर्कन पाएकोमा खुसी व्यक्त गरिन् ।

https://www.youtube.com/watch?v=4AUJ7sPN_UI&feature=emb_logo

प्रतिक्रिया