खाद्य संकट झेलिरहेका विद्यार्थीलाई साँसद आलेमगरद्वारा खाद्यान्न वितरण

इनेप्लिज २०७७ वैशाख ६ गते १४:०७ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, बैशाख ६÷ कोरोना भाईरसको संक्रमणका कारण सरकारले गरेको लक डाउनका कारण धनगढीमा पनि ठूलो संख्यामा विद्यार्थीहरु खाद्यान्न संकट भोग्न बाध्य भएका छन्।

लक डाउनका कारण सवारी साधनहरु पूर्ण रुपले बन्द हुँदा घर जना नपाएर खाद्य संकट वेहोरिरहेका डोटी जिल्ला घर भै कैलाली बहुमुखी क्याम्पस लगायतका धनगढीका विभिन्न क्याम्पसहरुमा अध्ययनरत बिद्यार्थीलाई डोटी जिल्लाबाट प्रतिनीधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसद प्रेम आलेमगरले शनिवार खाद्य सामग्रीहरु वितरण गर्नु भएको छ।

धनगढीमा डेरामा बस्ने विद्यार्थीहरुले खाद्य समस्या झेल्नु परिरहेको गुनासो सुनिएपछि आफुहरुको आग्रहमा साँसद आलेमगरले तत्कालका लागि एक सय ५ जना बिद्यार्थीलाई प्रतिव्यक्ति एक कटट चामल, तिन किलो दाल,एक प्याकेट नुन र दुई पोका खाने तेल लगायतका खाद्य सामग्रीहरु उपलबध गराइएको कुरा राहत वितरण कार्यलाई नेतृत्व गरिरहनु भएका विद्यार्थी नेता विमल शाहीले बताउनु भएको छ।

साँसद आलेमगरले सामाजिक रुपमा मानिसहरुलाई आर्य पर्ने विविध समस्याहरुलाई समाधान गर्नका लाििग आफ्नो तर्फबाट बेला बखतमा सहयोग प्रदान गरिरहनु भएकोले डोटी मात्र होईन सुदूरपश्चिमका जनताले उहाँलाई आफ्नो सुख दुःखको साथीको रुपमा हेर्ने गरेकोकुरा कुरा युवा संघ डोटी जिल्लाका अध्यक्ष जनक खड्काले बताउनु भयो।

पेट गुजाराको समस्या पर्ने आँटेका बेला डोटेली जनताका अभिभावक प्रतिनीधि सभाका सदस्य प्रेम आलेमगरले आफुहरुका समस्या बुझेर सहयोग गरेको प्रति धन्यवाद दिंदै कैलाली बहुमुखी क्याम्पस धनगढमिा बिबिए तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी डोटी जिल्लाको बडिकेदार ४ मा कृष्ण धामीले भन्नु भयो– एक छाकका लागि मात्र खाद्यान्न थियो, अव एक महिना सम्मका लागि पुग्ने भएपछि ढुक्क भईयो।

यस्तै डोटी जिल्ला गडसेरा ५ का प्रताप देउवाले पनि खाद्यान्न सहयोगले अव एक महिना लक डाउन भएपनि खाना खर्चको जोहो गरिदिएकोभन्दै साँसद आलेमगरलाई धन्यवाद दिनु भयो ।

उहाँले भन्नु भयो– आमा बुवाले त घरबाट चाहेर पनि खर्च पठाउन नसकेको अवस्थामा साँसद ज्यूले दिएको राहतले असल अभिभावक पाएको अनुभूति गरेका छौं।

बेला बखत आप्त विपद्मा परेका मानिसहरुको सहयोगका लागि साँसद आलेमगरले आफ्नो व्यक्तिगत तफृबाट पनि सहयोग गर्ने गरेको बताउनु हुन्छ– खाद्यान्न वितरणको नेतृत्व गरिरहनु भएका विद्यार्थी नता बिमल शाही ।

यस अघि पनि साँसद आलेमगरले डोटी जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि पनि १२ लाख मूल्य बराबरका पिपिई सेट र स्वास्थ्य सामग्रीहरु समेत व्यक्तिगत तर्फबाट वितरण गरिसक्नु भएको छ ।

प्रतिक्रिया