कोरोनाको भन्दापनि भोकै मर्ने डरले पैदल हिडेका हौं : पैदल यात्री

वीरेन्द्र रावल २०७७ वैशाख ६ गते १३:३३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,बैशााख ६ । कोराना संक्रमण बढ्न नदिनका लागि सरकारले लक डाउन घोषणा गरेपनि मानिसहरु ज्यानलाई जोखिममा पारेर देशका विभिन्न स्थानहरुमा पैदल यात्रा गर्न बाध्य भैरहेका छन् । लामो पैदल यात्रा गरेर मानिसहरु महेन्द्र राजमार्ग,पृथ्वी राजमार्ग,जयपृथ्वी ,विपी,लगायतका राजमार्गहरुमा लकरका लस्कर पैदल यात्रा गर्न बाध्य भएका देखिन्छन् । उनिहरुले कोरोनाको भन्दा पनि भोक भोकै मरिने पो होकी भन्ने डरले घरतर्फ हिंडेको बताउनु भएको छ अधिकाँश पैदल यात्रीहरुले ।

कामका लागि काठमाण्डौ,पोखरा,सिन्धुपाल्चोक,गोर्खा ,भक्तपुर,नारायणघाट,बिरगन्ज र बुटवल लगायतका क्षेत्र गएका गरिखाने मजदुरहरु कोरोनाका कारण लक डाउन लम्बीदै जान थालेपछि भोकमरीमा पर्ने डरले उनिहरु काम गर्ने स्थानबाट लामो पैदल दुरी हिंडेर प्रचण्ड गर्मीको प्रवाहै नगरेर गन्तव्यतर्फ लागेका देखिन्छन् ।

कर्णाली चिसापानी पुगेका कैलारी गाउँपालिका वडानम्बर ३ का आशाराम चौधरी लगायतका ३ जना मानिसहरु काठमाण्डौबाट एक हप्ता पछि कैलाली पुगेका छन् । बाटोमा कहिं ट्रकको सहारा केहि दुरी यात्रा गर्न पाएको भएपनि लामो समय भोक भोकै हिडेर कैलालीको कर्णाली चिसापानी सम्म पुगेको बताउनु भएको छ।

यस्तै बझाङ्ग दुर्गााथलीका बसन्त रोकाया पनि नारायणघाटबाट पैदल यात्रा गर्दै, कतै ट्रकको सहायता कर्णाली चिसापानी सम्म पानीको भरमा पुगेको बताउनु भएको छ । रोकायाले भन्नु भयो : काम गर्ने होटल बन्द भयो । बन्द भएका बेला तलव पनि नपाईने र पेट गुजाराको माध्यमनै नहुने भएकाले भोकमरीको डरले भोकभोकै भएपनि कैलालीतर्फ हिंडेको बताउनु भएको छ ।

लक डाउन लम्बीएकाकारण भोली के पो हुने हो,घर परिवारसंग बिछोडको अवस्था पो आउने होकी भन्ने चिन्ताले पनि अधिकाँश मानिसहरु कर्मथलोबाट झोला झुम्टी सहित घरतर्फ लागेको बताएका छन् । गर्मी भएका बेला जंगलतीर आरा गर्ने र साँझ र विहानको समयमा पैदल हिड्ने गरेको पनि अधिकाँशले बताएका छन्।

यस्तै कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडानम्बर १०का लक्ष्मी प्रसाद न्यौपाने पनि साथी संगै घर हिंडकोपाँचौ दिनमा कैलालीको कर्णाली चिसापानी पुगेको बताउनु भएको छ । कोरोका कारण लक डाउन थपियो, काम पनि बन्द भयो । काम नगरी खान नपाउने अवस्था आएपछि बाध्य भएर घरतर्फ हिंडेको न्यौपानेले बताउनु भयो । कोठा काम गर्ने ठाउँमा नत राशन पाईने, नत कसैले खाननै दिने अवस्था छ त्यो भन्दा त बाटोमा यातायातका केहि साधनहरु पाएको खण्डमा लिफ्ट मागेर भएपनि घरतर्फ लाग्नु पर्यो भनेर झोला बोकेर हिंडको जैशीले बताउनु भयो।

दैनिक ३० देखि ४० जनाको संख्यामा मानिसहरु कर्णाली चिसापानीको बाटो भएर पूर्वबाट मानिसहरु पश्चिमतर्फ आउने गरेको बताउनु हुन्छ ः लम्की चुहा नगरपालिका वडानम्बर २ का पदम भण्डारी । उहाँले भन्नु भयोः मानिसहरु भोक भोकै ,खुट्टामा चप्पल समेत फाटेको अवस्थामा खाली खुटट हिंडर कष्टपूर्ण तरिकाले घरतर्फ हिंडेको अवस्थामा भेटिने गरेको छन् । उहाँले भन्नु भयो : कतिपय महिला तथा बृद्ध बृद्धाहरु समेत पैदल यात्रामा निष्केको देख्न पाईन्छ ।

कैलाली जिल्ला भारतसंग खुल्ला सीमाना जोडिएको भएका कारण पनि दक्षिणी क्षेत्रबाट दैनिक २५ देखि ३० जनाको संख्यामा मानिसहरु लुकिछिपी नेपाल प्रवश गर्ने गरेका पाईन्छन्।

राती २ बजेपछि विहान ५ बजेको समय सम्म उनिहरु नेपालको सीमानामा प्रवेश गर्ने र दिनमा जंगल क्षेत्रमा लुकेर बस्ने अनि जव अँध्यारो हुन थाल्छ तव कैलालीको समथर फाँट हुँदै पुग्ने गरेको पाइएको छ । कैलालीको चुरे क्षेत्रमा अवस्थित मोहन्याल गाउँपालिका वडानम्बर २ लेतेखालीका रमेश सापकोटा र वडानम्बर ३ का भूमिनन्द जैशीका अनुसार मानिसहरु चुरे क्षेत्र हुँदै पश्चि सुर्खेत ,डोटी र अछाम जिल्लाका मानिसहरु रातीको समयमा टर्चलाइट बालेर हिंड्ने गरेका देखिन्छन् । चुरे क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिती एकदमै पातलो भएका कारण पनि पैदल यात्रीहरुको संख्या निकै बढीरहेको बताउनुहुन्छ:भूमिनन्द जैशी ।

शनिवार विहान कर्णाली चिसापानी सम्म पुगेका तीन जना धनगढीको ग्रामिणक्षेत्रका युवाहरुलाई प्रहरीले क्वाईरेनटाईनमा लिएर राखेको छ । तीं युवाहरु पनि । कोरोना भन्दा पनि भोक भोकै मरिने पो होकी भन्ने त्रासले आफुहरु घर कर्मथलो छोडेर घरतर्फ हिंडेको अधिकाँश मानिसहरुको भनाई रहेको छ ।

कैलालीमा हाल ३८ वटा क्वाईरेन्टाईन रहेका छन् भने तीं क्वाईरेन्टाईनमा ३ सय ३७ जनाजति मानिसहरुलाई राखिएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमूख गुणराज अवस्थीले जानकारी दिनु भएको छ । उहाँका अनुसार क्वाईरेन्टाईनमा मानिसहरुको संख्यामा थप घट भैरहेको पनि बताउनु भएको छ।

उहाँका अनुसार सुदूरपश्चिम क्षेत्र भरी ५६०० क्वाईरेन्टाईनका बेड तयार गरिएका छन् भने कैलाली जिल्लामा मात्रै १ हजार २ सय बेड रहेका छन्। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ रहेको छभने ९ नौ जना आईसोलेशनमा रहका छन् । ७ हजार ३ सय ७६ जनाको स्याम्पल लगिइएकोमा ७ हजार २ सय २८ जनाको टेष्ट गरिएकोत्यसमा ७ हजार २ सय २३ जनाको नेगेटिभ देखा परेको छभने ५ जना पोजेटिभ छन् भने १ सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको समेत सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थय निर्देशनालयका प्रमुख गुणराज अवस्थीले बताउनु भएको छ ।

तस्बिर : पैदल हिंडेर धनगढी पुगेका युवालाई धनगढी रंगशालामा बनाइएको क्वाईरेन्टाईनतर्फ लैजाँदै बस पार्कस्थित प्रहरी पोष्टका जवानहरु ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया