कोरोना संक्रमणले संसारभर मानिसलाई सास्ती भइरहेको वेला जंगली जनावरलाई भने मस्ती हुंदो रहेछ । दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा रहेका सिंहहरु सडकमा निस्किएर मस्ती गरिरहेको तस्विर पार्कले आफ्नो वेवसाइटमा हालेको छ ।
नेशनल पार्कका रेञ्जर रिचर्ड स्वरीले मस्ती गरिरहेका ती सिंहहरुका तस्विर खिचेका छन् । यी तस्विरहरु यतिवेला सीएनएन र विविसी जस्ता विश्वका चर्चित सञ्चार माध्यममा पनि छाएका छन् । हेरौ सिंहको मस्ती ।
प्रतिक्रिया