आरडिटीबाट कोभिड –१९ पोजेटिभ देखिएका एक जना पिसीआरबाट नेगेटिभ देखियो

मनोज दाहाल २०७७ वैशाख ५ गते २१:५५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ५ वैशाख । प्रदेश नं १ मा कोभिड–१९ को आसङ्कामा ¥यापिड डाइग्नोष्टिक टेष्ट(आरडिटी)वाट परीक्षण गरिएकामध्ये एकजनामा पोजेटिभ देखिएपनि थ्रोट स्वाव (पिसीआर) टेष्टमा आज नेगेटिभ आएको छ।

प्रदेशका विभिन्न स्थानमा स्थलगत रुपमा गरिएको १ हजार ९२ जनाको आरडिटी नमूना परीक्षण मध्ये मोरङको बुढीगंगा गाउँपालिको होम क्वारेन्टाइनमा बसेकी महिलाको (आरडिटी)पोजेटिभ देखिए पनि कोशी अस्पताल विराटनगरमा पिसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।

यसअघि झापा हल्दीबारीका युवाको आरडिटी टेस्टमा पोजेटिभ आएको भएपनि कोशी अस्पतालमा पिसीआर टेस्टमा नेगेटिभ रिर्पोट आएको थियो । र्यापिड टेस्टबाट शुक्रबारसम्म जम्मा १ हजार ९० जनाको रिर्पोट नेगेटिभ आएको छ ।

यस्तै प्रदेश आजसम्म पिसीआर विधिबाट ३५५ जनाको कोभिड–१९ परीक्षण गरिएको मध्ये ५१ महिला सहित २९५ जनाको रिपोर्ट नेगेटिभ आएको सूचना डेस्कले जनाएको छ।

परीक्षण गरिएकाहरुमा ६७ महिला सहित ३५५ जना रहेका छन् भने ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसीआर विधिबाट कोभिड–१९ को नमुना परीक्षण हुँदै आएको छ । प्रदेश सरकारले जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको नमूना परीक्षणलाई तिव्रता दिएको सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा शुक्रवारसम्ममा ६२ महिला सहित ५९५ रहेका छन् जना छ ।यसैगरी १३ महिला सहित ६२ जना घरफर्केनु भएको छ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा १० जना वसिरहनु भएको छ भने एक महिला सहित दुई जना घरफर्कनु भएको सूचना डेस्कले जनाएको छ। छन्।

प्रदेशका विभिन्न स्थानको होम क्वारेन्टाइनमा छ सय महिला सहित चार हजार १९ जना वसिरहनु भएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया