शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:२६
वासिङटन डिसी 17:41

तामाङ सोसाईटी अफ अमेरिकाको प्रेश बिज्ञप्ति

इनेप्लिज २०७७ वैशाख ५ गते २०:०९ मा प्रकाशित

तामाङ सोसाईटी अफ अमेरिका (TSA) ले कोरोना भाईरसको संक्रमणका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार भरत लामाको संयोजकत्वमा गठन गरेको ९ सदसिय TSA COVID-19 Task Force को बैठकले चार वटा टिम गठन र कार्य बिभाजन गरि आफ्नो जिम्मेवारी अगाडी बढाएको छ । यस टास्कफोर्सको लागि तामाङ सोसाईटी अफ अमेरिकाले तत्काल $5,000 (पाँच हजार डलर) उपलव्ध गरि कार्य थालनी गर्ने भएकोछ।

टास्कफोर्सका टिम तथा संपर्क नम्बरः

भरत लामा – संयोजक – (347)247-9849

उपसमितिहरुः

१. समुदाय समन्वय (Community coordination)
छेमाङ तामाङ – संयोजक -(347)686-4957
निमा गोले तामाङ – (347)430-6327
निमा ल्हामु लामा – (917)519-4714

२. अनलाईन सहयोग (Online Help)
ब्रजेश मोक्तान – संयोजक – (347)649-5614
लाल तामाङ पाख्रिन – (917)215-7646

३. आपूर्ति तथा फिल्ड
(Supplies & Field help)
विनोद घिसिङ – संयोजक -(929) 268-4158
कुन्साङ लामा – (347) 421-6669

४. एफ-वन विधार्थी तथा कागजपत्रविहिन सहयोग (F-1 Student & Undocumented help desk)
दिपेन्द्र लामा – संयोजक (347) 935-2721
ब्रजेश मोक्तान – (347)649-5614

समुदाय समन्वय टिमले विभिन्न संघ संस्था तथा निकायसंग समन्वय गर्दै आवश्यक सामाग्री तथा स्रोत जुटाउन पहल गर्नेछ भने अनलाईन हेल्प टिमले ईन्टरनेट र फोन मार्फत संपर्क गरि लिन सकिने विभिन्न सेवा र सुविधाहरु बारे जानकारी गराउनुका साथै आवश्यकता परे उक्त सेवा लिन सहयोग गर्नेछ । यसै गरि आपूर्ति तथा फिल्ड टिमले अतिआवश्क पर्ने सामाग्री सम्बन्धित स्थानमा बितरण गर्न समन्वय गर्नेछ भने एफ-वान विधार्थी तथा कागजपत्रविहिन सहयोग टिमले कोरोनाको कारण आर्थिक रुपले कमजोर एफ-वान विधार्थी तथा कागजपत्रविहिनहरुका लागि जिवनयापनको निम्ति आवश्यक न्यूनतम सहयोग जुटाउन पहल गर्नेछ ।

यस टास्कफोर्सले कोरोनाको कारण समस्यामा परेका हाम्रा तामाङ समुदायका संपूर्ण सदस्यहरुलाई हामीसंग प्राप्त स्रोत र साधन तथा ज्ञानको प्रयोग गरि सक्दो सहयोग गर्नेछ । यस टास्कफोर्सले कोरोना संक्रमित, आशक्त तथा असाहायहरुलाई प्राथमिकतामा राखि सहयोग गर्नेछ। ग्रोसरी र PPE का साथै अन्य अतिआवश्यक बस्तु १५ दिन सम्मलाई पुग्ने गरि निःशुल्क TSA बाट उपलब्ध गराईने छ। सहयोगको क्रममा संकलन गरिएका विवरण तथा परिचय सार्वजनिक गरिने छैन ।

यस बिज्ञप्तिलाई तामाङ समुदायका सम्पूर्ण सदस्यहरु समक्ष पुर्याईदिनु हुन हार्दिक अनुरोध साथै यस टास्कफोर्स टिमलाई Volunteers हरुको पनिआवश्यकता भएको हुँदा यदि तपाईहरु कोही ईच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ।

धन्यबाद ।

दिपेन्द्र लामा

Member Secretary
Tamang Society of America

347-935-2721

 

प्रतिक्रिया