नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, सवै संक्रमितहरु ४० वर्षमुनि

टंक पन्त २०७७ वैशाख ५ गते १५:१२ मा प्रकाशित

नेपालमा आजमात्रै थप १४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उदयपुरमा १२ जना र चितवनमा २ जना संक्रमितहरु फेला परेका हुन् ।

आज सार्वजनिक भएको तथ्यांक डरलाग्दो प्रकृतिको छ किनकी संक्रमितहरु सवै ४० वर्षमुनिका छन् र अधिकांस त ३० वर्ष मुनिका छन् । उदयपुरमा फेला परेका संक्रमितहरु मध्ये केही भारतीय नागरिक भएको पुष्टि भएको छ ।

आज १४ जना संक्रमित भएको पुष्टि भएपछि नेपालममा कुल कोरोना संक्रमितहरुको संख्या ३० पुगेको छ । कोरोना संक्रमण वढ्दै जांदा सरकारले आवागमनलाई अझ कडाइ गर्ने भएको छ । पछिल्ला दिनमा सवारी साधन नचल्दा पनि मानिसहरु हिंडेर यात्रा गरिरहेका थिए तर अव सरकारले कुनै पनि मानिसलाई पैदल समेत हिंड्न नदिइ जहां छन् त्यही राख्ने वरु आवश्यक सम्पूर्ण सामग्रीहरु उपलव्ध गराउने निर्णय लिएको छ ।

सरकारले आजै सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुलाई पैदल समेत हिंड्न नदिन निर्देशन दिएको छ । नेपालमा लकडाउन भएको यति लामो समय वितिसक्दा ती भारतीय संक्रमितहरु कसरी नेपाल आइपुगे भन्ने गम्भीर प्रश्न अहिले उठेको छ ।

प्रतिक्रिया