बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:४७
वासिङटन डिसी 06:02

अमेरिका मा stimulus भुक्तानी

बिनोद गुप्ता २०७७ वैशाख ५ गते १:५७ मा प्रकाशित

कोरोना भाइरसको कारणले गर्दा अमेरिका सरकारले यहाँको जनतालाई केही राहत् दिनको लागी CARES ऐन पास गरेको छ।

यस ऐनमा अधिकांश US Citizens तथा Residents ले १,२०० डलरको एक पटक stimulus भुक्तानी पाउने छ।

यस ऐन अनुसार सरकारले व्यक्तिलाई १,२०० डलर र विवाहित जोडीहरुलाई संयुक्त रुपमा कर दर्ता गरेको छ भने २,४०० डलर भुक्तानी गर्ने छ। सरकारले १७ वर्ष उमेर मुनिका प्रति आश्रितलाई ५०० डलर पनि दिने छ।

संयुक्त राज्य अमेरिकामा केहि व्यक्तिहरू जसले कर फाइल गर्दैनन् वा जसलाई कर फाइल गर्न आवश्यक छैन, उनीहरूले पनि यो प्रोत्साहन भुक्तानी प्राप्त गर्न सक्दछन्। ती व्यक्तिहरू जसले कर दर्ता गरेका छैनन् उनीहरूले IRS वेबसाइटमा उनीहरूको जानकारी हाल्न सक्छन् र प्रोत्साहन भुक्तान प्राप्त गर्न सक्छन्।

धेरै व्यक्तिहरूले स्वचालित रूपमा भुक्तानी प्राप्त गर्नु हुन्छ। ती व्यक्ति हुन् जसले २०१८ वा २०१९ को कर दर्ता गरेका छन् । यस्ता व्यक्ति जो सामाजिक सुरक्षा सेवा निवृत्ति, अशक्तता सुविधाहरू प्राप्त गर्दछन् वाहाहरुले पनि स्वचालित भुक्तानी प्राप्त गर्नु हुने छ।

यदि तपाईंले आफ्नो करहरू दर्ता गर्नुभयो र IRS सँग तपाईंको बैंक खाता नम्बर छ र तपाईं एक निश्चित आय वर्गमा पर्नु हुन्छ भने, तपाईंले केहि गर्न आवश्यक पर्दैन। भुक्तानी स्वचालित रूपमा तपाइँको बैंक खातामा जम्मा हुनेछ।

यदि IRS सँग तपाईंको बैंक जानकारी छैन भने तपाईंले US Mail मा चेक पाउनु हुनेछ। यसले केहि हप्ता वा लामो समय पनि लिन सक्दछ।

तपाईको बैंक खाताको जानकारी IRS वेबसाइटमा दाखिला गर्न सक्नु हुन्छ। यसो गर्नाले तपाईंले धेरै लामो प्रतिक्षा गर्नुपर्दैन र भुक्तानी तपाइँको बैंक खातामा जम्मा हुन्छ् र यसले चेक गलत ठाउँमा जाने सम्भावनालाई कम गर्दछ। सम्भावित ठगीबाट बचाउनको लागि, IRS सँग फाइलमा भएको बैंक खाता परिवर्तन गर्ने अनुमति हुदैन।

तलको link मा बैंक खाता सम्बन्धि जानकारी दाखिला गर्न सक्नुहुन्छ।

https://www.irs.gov/coronavirus/get-my-payment

यदि तपाईं २०१८ वा २०१९ को कर दर्ता गर्नु पर्ने थियो तर कर् दर्ता गर्नुभएको छैन भने, तपाईंले भुक्तानी प्राप्त गर्नको लागि २०१९ कर दर्ता गर्नै पर्छ।

यदि तपाइँले आफ्नो ठेगाना परिवर्तन गर्नुभयो भने तपाईको सब भन्दा पछिल्लो कर दर्ता (tax return) मा उल्लेख् भएको ठेगानामा चेक पठाइनेछ। यदि तपाईं यस समयावधिमा सर्नुभयो भने तपाईं IRS website मा गएर ठेगाना परिवर्तन गर्न पनि सक्नुहुन्छ।

तपाईंको भुक्तानीको मात्रा तपाईंको आयमा निर्भर गर्दछ। यदि तपाईंको समायोजित कुल आम्दानी (Adjusted Gross Income) एक व्यक्तिको लागि ७५,००० डलर भन्दा कम र संयुक्त विवाहित जोडीहरूको लागि १५०,००० डलर भन्दा कम छ भने पुरै भुक्तानि पाउनु हुनेछ। माथिको थ्रेसोल्ड भन्दा बढी कमाउनेहरूले आफ्नो आम्दानीको आधारमा कम भुक्तानी प्राप्त गर्नेछ।

ती व्यक्तिहरू जसले ९९,००० डलर भन्दा बढी कमाई गरेका छन् र विवाहित जोडीहरूले १९८,००० डलर भन्दा बढी कमाई गरेका छन् भने stimulus भुक्तानी प्राप्त हुँदैन। १७ बर्ष वा माथिका आश्रितले पनि भुक्तानि पाउनु हुने छैन।

एक्लो ब्यक्तिको लागि ७५,००० डलर भन्दा प्रत्यक् १०० डलर बढीको लागि ५ डलरले stimulus payment कम् हुदै जान्छ। त्यस्तै संयुक्त विवाहित जोडीहरूको लागी १५०,००० डलर भन्दा प्रत्यक् १०० डलर बढीको लागी ५ डलरले stimulus payment कम् हुन्दै जान्छ।

यदि अरू कसैले कर दर्तामा dependent को रूपमा तपाईलाइ claim गरेको छ भने पनि भुक्तानी प्राप्त गर्नु हुने छैन।

गत वर्ष कसैले धेरै आम्दानी गरेको तर २०२० मा आम्दानी कम् भयो भने तपाईंले stimulus भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ। तपाईं यसलाई आफ्नो २०२० को कर दर्ता मा credit को रूपमा दावी गर्न सक्नुहुन्छ।

अन्तमा अप्रिल १५ को लागि कर दर्ता (tax return) मिति पनि जुलाई १५ मा सारिएको छ।

बिनोद गुप्ता

प्रतिक्रिया