कोरोना संक्रमणवाट गर्भवती नर्सको मृत्यु, हतार हतार शल्यक्रिया गरेर निकालिएको शिशु सकुशल

इनेप्लिज २०७७ वैशाख ४ गते २१:२९ मा प्रकाशित

लण्डन । कोरोना भाइरसको संक्रमणवाट एक गर्भवती नर्सको मृत्यु भएपनि उनको पेटमा भएको शिशुलाई शल्यक्रिया गरी सकुशल निकालिएको छ । शल्यक्रिया गरेर निकालिएको शिशुको स्वास्थ अवस्था भने निकै राम्रो रहेको अस्पतालले जनाएको छ ।

२८ वर्षीय मेरी एगेवा एग्वापोंग नाम गरेकी ती नर्स कोरोना संक्रमण भएको पुष्टि भएको दुइ दिन पछि अप्रिल ७ मा अस्पताल भर्ना भएकी थिइन भने उनको गत आइतवार निधन भएको थियो । उनले पांच वर्ष नर्सको रुपमा काम गरिसकेकी थिइन ।

मृतक नर्सका पति र शिशुका लागि सहयोग गर्न २५०० डलरको लक्ष्य राखेर खोलिएको गोफण्ड खातामा २४ घण्टामा १ लाख ४६ हजार डलर जम्मा भएको थियो ।

प्रतिक्रिया