दिक्पल काकी ,दुर्गा केसी र सविता कार्कीको अभिनयमा ”भोटे लसुन ” हेर्नुहोस भिडियोमा ।

इनेप्लिज २०७७ वैशाख ४ गते २१:१० मा प्रकाशित

 

काठमान्डाँ , बैशाख ४ ।

नेपाली मौलिक लोक दोहोरी गीत संगीतको आफनै विशेषता रहेको छ । मौलिक सिर्जनामा आधारित गीत संगीतहरु कम मात्रामा बजारमा आइरहेको अवस्थामा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक रामु विरही र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको ”भोटे लसुन ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु प्रेमील जोडिको प्रेमको भावलाई गीतमा समेटिएको छ । आफनी मायालुको यादमा भौतारिएको गीतमा गायकले गरेका छन ।

गायिका धर्तिमाले पनि आफनी प्रेमीकालाई जिवनमा अफटयारो अवस्था नआओस भन्नको लागी भगवान सगँ प्राथना गरेका छन । गाउँमा हुने प्रेमी प्रेमीका विचको मायाको सम्बन्धलाई ब्यक्त गर्नको लागी आग्रह गरिएको छ । राम जित मल्लको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ । ”भोटे लसुन ” गीतको भिडियोमा दिक्पल काकी ,दुर्गा केसी र सविता कार्कीको अभिनय रहेको छ । जनक अधिकारीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ ।

”भोटे लसुन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया