लकडाउनमा पनि धुर्मुस सुन्तलीले वनाए सन्देशमुलक चलचित्र (भिडियो सहित)

इनेप्लिज २०७७ वैशाख ४ गते २:३३ मा प्रकाशित


काठमाडौं । सिर्जनशील मासिनहरु जस्तोसुकै असजिलो अवस्थामा पनि आफ्नो सिर्जनालाई मर्न दिंदैनन् भन्ने उदाहरण धुर्मुस सुन्तलीले फेरि देखाएका छन् । नेपालमा जारी लकडाउनका कारण सम्पूर्ण टेलिभिजन कार्यक्रम र सेरियलहरुको समेत छायांकन रोकिएको अवस्थामा धुर्मुस सुन्तलीले घरभित्रै छायांकन गरेर सन्देशमुलक भिडियोहरु युट्युवमा अपलोड गरेका छन् ।

लकडाउनको कारण चितवनमा निर्माण भइरहेको रंगशालाको काम रोकिएको कारण उनीहरु काठमाडौं आएर घरमा वसिररहेका छन् । उनीहरुले धुर्मुसका भाइ जिगरीको सहयोग लिएर मोवाइलवाट खिचेर मोवाइलमा नै सम्पादन गरेका दुइवटा भिडियो युट्युवमा राखेका छन् र अन्य भिडियोहरु पनि वनाइरहेको जानकारी दिएका छन् ।

भिडियो हेर्नका लागि लिंकमा क्लिक गरौ ।

https://www.youtube.com/results?search_query=Dhurmus+suntali+video

 

 

 

प्रतिक्रिया