कोरोनाले चर्चित बनाएका शब्दहरु हेर्नुहोस यस्ता छन्

इनेप्लिज २०७७ वैशाख ३ गते २२:१२ मा प्रकाशित

झन्डै तीन महिनादेखि विश्व एउटा संक्रामक रोगसँग लडिरहेको छ। जन्मिदा नोवल कोरोना भाइरस भनिएको र पछि कोभिड–१९ नाम राखिएको भाइरसले विश्व नै हल्लाइदिएको छ।

डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा देखा परेको यो भाइरसको चर्चा नेपालमा पनि तत्कालै सुरु भयो। कोरोना संक्रमितको उपचारका लागि रातारात अस्पताल बनेको, वुहानमा रहेका नेपालीका कुरा, उद्धारका लागि नेपाल सरकारलाई उनीहरुले गरेको आग्रह र दबाब आदि नेपाली सञ्चारमाध्यमका लागि मुख्य विषयवस्तु बन्न थाले।

वुहानमा रहेका १७५ नेपालीलाई एयरलिफ्ट गरेर ल्याएपछि त झन् कोरोना भाइरसले मिडियामा ठाउँ नपाएको कुनै दिन छैन। अहिले आम मानिसकै मुखमा झुण्डिएको छ- कोरोना।

कोरोना भाइरससँगै केही नयाँ शब्दहरु आम प्रयोगमा आए भने निकै कम प्रयोगमा आउने शब्दहरुको प्रयोग पनि व्यापक बन्यो।

प्रतिक्रिया