बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:३७
वासिङटन डिसी 22:52

राष्ट्रपति ट्रम्पद्वारा विश्व स्वास्थ संगठनलाई अमेरिकाले दिइरहेको रकम रोक्का

इनेप्लिज २०७७ वैशाख २ गते २३:४६ मा प्रकाशित


डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विश्व स्वास्थ संगठन (डव्लुएचओ)लाई दिंदै आएको रकम पुनरावलोकन सम्पन्न नहुन्जेलसम्मका लागि रोक्का गरेका छन् । ह्वाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा वोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरस संक्रमणको विषयमा डव्लुएचओले गलत व्यवस्थापन गरेको र तथ्यहरुलाई लुकाएको आरोप लगाए ।

कोरोना महामारीले विश्व ग्रस्त भइरहेको समयमा राष्ट्रपति ट्रम्पले डव्लुएचओको रकम रोक्का गरेका हुन् जसले अझ प्रतिकुल असर निम्त्याउन सक्छ । डव्लुएचओले कोरोना संक्रमणका वारेमा समयमा सही सुचना दिन नसक्दा संक्रमण विश्वभर फैलिएको आरोप राष्ट्रपति ट्रम्पले लगाउंदै आएका छन् ।

हामीले डव्लुएचओलाई ४०० देखि ५०० मिलियन डलर रकम रकम दिंदै आएका छौं तर सो रकमको सदुपयोग भएन, ट्रम्पले डव्लुएचओको आलोचना गर्दै भने, चीनले केवल ४० देखि ५० मिलियन डलर मात्रै प्रतिवर्ष दिने गरेको छ, यी सवै कुराको पुनरावलोकन हुनुपर्नेछ ।

राष्ट्रपति ट्रम्पले चीनमा कोरोना संक्रमण फैलिएको समयमा विज्ञहरु पठाएर सही मूल्यांकन नगरेको र पारदर्शिता नअपनाएको पनि ट्रम्पको दावी थियो ।

प्रतिक्रिया