पोखराको पृथ्वीचोकमा फिल्मी शैलीमा चोरी, चोरले बाटोमै पैसा फल्यो (भिडियो)

इनेप्लिज २०७७ वैशाख २ गते ११:२३ मा प्रकाशित

लकडाउनको बेला पोखराको पृथ्वीचोक नजिकै रहेको पाथीभरा जुस सेन्टरमा चोरी भएको छ । चोरले नगद २० हजार र खानेकुरा लगेको संचालक रबिन्द्र जैसवालले बताए । स्थानीय केही युवाहरुले आईतबार राती करिब १२ बजे पसल छोपेको पाल काटेर चोरी गरेको र सामान र पैसा बाटोभरी छरेको जैसवाल बताउँछन् ।

वडा प्रहरी कार्यालय बैदामले चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर उनीहरुको साथबाट ५५ सय प्राप्त भएको र बाँकी १० हजार बाटोमा फालिएको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई ब्ुझाएका छन् ।

प्रतिक्रिया