डा.शर्माद्वारा १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार

मनोज दाहाल २०७७ वैशाख १ गते २०:१६ मा प्रकाशित

मनोज दाहाल,

बिराटनगर, १ बैशाख । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका एक बिरामीको झापाबाट उद्धार गर्नु भएको छ।

झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।

निज दर्जी विस २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाँचिएपछी कम्मर भन्दा मुनिको भाग चल्न छाडेकाले थला परेर ओछ्यानमै दिसा, पिसाव हुँदा उपचारका लागि रकमको अभावका कारण पीडादायी जीवन बिताउँन बाध्य भएका थिए ।

‘उपचार गर्ने पैसा नहुँदा आफ्नो नाममा भएको एक कठ्ठा जग्गा पनि मास्नु पर्यो तर त्यो पैसाले पनि नपुगेपछि केहि सीप नलागेर १२ बर्ष अघिदेखि ओछ्यान परेको छु ’ दर्जीले भन्नु भयो ।

बर्षौ अघिदेखि उठ्न नसकेर सुतिरहँदा शरिरको पछाडीको अधिकाँस भागमा घाउ नस्किएको र पाक्ने क्रम चलिरहदा दुर्गन्धित अवस्थामा दर्जी थिए ।

उनको खुट्टा लगायत शरीरका अन्य भागको छाला पनि उक्किन थालिसकेको थियो ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले दर्जीको यस्तो पीडादायी अवस्था थाहा पाएपछि उपचारका लागि पहल डा.शर्मालाई पहल गरेकोमा नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छ।

डा.शर्माले यसअघि यस्ता सयौं बिरामीलाई उद्धार गरि उपचारको व्यवस्था गर्नु भएको थियो ।

डा. शर्माले गरिब, बिपन्न तथा उपचार गर्ने पैसा अभावमा रहेका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाई समाजसेवालाई निरन्तरता दिदै आउनु भएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया