बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:३८
वासिङटन डिसी 11:53

वर्नी स्यान्डर्सद्वारा औपचारिक रुपमा राष्ट्रपति उम्मेद्वारमा जो वाइडेनलाई समर्थन

मलाई निर्वाचन जित्नका लागि मात्रै होइन, अमेरिकामा शासन गर्न पनि तपाइको साथ चाहिन्छ : वाइडेन

इनेप्लिज २०७७ वैशाख १ गते १८:५८ मा प्रकाशित

डिसी । राष्ट्रपतीय निर्वाचनको प्रतिश्पर्धामा मैदान छाडेका भर्मन्टका सिनेटर वर्नी स्याण्डर्सले पूर्व उपराष्ट्रपति जो वाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन् ।

सिनेटर स्याण्डर्सले आज जो वाइडेनको चुनावी अभियानको एक प्रत्यक्ष प्रसारण मार्फत पूर्वराष्ट्रपति वाइडेनलाई अवको राष्ट्रपतिको रुपमा प्रस्ताव गर्दै सम्पूर्ण अमेरिकी नागरिकलाई वाइडेनलाई राष्ट्रपति वनाउन अपिल गरेका छन् ।

तपाइ हामीलाई ह्वाइट हाउसमा चाहिन्छ, म तपाइलाई ह्वाइट हाउसमा देख्नका लागि जे गर्न सक्छु गर्नेछु, स्यान्डर्सले भनेका छन् ।

स्यान्डर्सले आफुहरुवीच नीति तथा कार्यक्रम तय गर्नका लागि एउटा कार्यदल गठन गर्न दुइजनावीचमा सहमति भएको पनि जानकारी दिए ।

आज म सम्पूर्ण अमेरिकी नागरिक, सवै डेमोक्रेट समर्थकहरु, हरेक स्वतन्त्र नागरिक र धेरै रिपव्लिकन समर्थकहरुलाई यो अभियानमा संगै जुट्न र मैले प्रस्ताव गरेका उम्मेद्वारलाई सहयोग गर्न अपिल गर्छु, स्याण्डर्सले भने ।

वर्नी स्याडर्सको प्रस्तावप्रति पूर्वराष्ट्रपटि स्यान्डर्सले खुसी व्यक्त गरे ।

तपाइको प्रस्ताव आफैमा महत्वपूर्ण कार्य हो, हामीवीचमा केही मतभेद भएपनि एकै ठाऊ उभिनु धेरै मानिसहरुका लागि आश्चर्यको कुरा हो, पूर्वराष्ट्रपति वाइडेनले भने, मलाई निर्वाचन जित्नका लागि मात्रै होइन, अमेरिकामा शासन गर्न पनि तपाइको साथ चाहिन्छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया