शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:१३
वासिङटन डिसी 16:28

कोभिड-१९ बाट निधनको परिवारलाई अमेरिकामा रकम हस्तान्तरण

इनेप्लिज २०७६ चैत ३० गते १७:२८ मा प्रकाशित

न्यूयोर्क:-गत मार्च २४ तारिख विश्व मानवमै सन्त्रास फैलाइरहेको कोभिड-१९को संक्रमणबाट अमेरिकामा निधन भएको अनिल लिम्बुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतक अनिलको नाममा स्थापना गरिएको गोफन्ड मार्फत संकलन गरिएको जम्मा ($ २१,७०६ ) एकाइस हजार सातसय छ अमेरिकन डलर मध्ये गोफण्डले २.९ % प्रतिशत तथा ३० सेन्ट प्रति सहयोग कटाएर पीडितको परिवारलाई जम्मा बिस हजार नौ सय चालिस अमेरिकन डलर ($
२०,९४०.२४) राहत सहयोग रकम स्व. अनिल सुब्बाको श्रीमती शान्ता सुब्वाको नाममा रहेको क्यापिटल वान बैकको खाता नम्बर:-(xxxxxx८४३०) मा सिधैं जम्मा हुने गरी स्थानान्तरण गरिएको कुरा राहत जुटाउन खटिएका मध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले बताए ।

१६ दिन अगाडि खोलिएको गो फन्मा अमेरिका लगायत अन्य देशबाट पनि आर्थिक सहयोग गरेको देखिएको बताउँदै, नेम्बाङले राहत संकलनका निमित्त सबै संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको जनाए।

यसले पीडितको परिवारलाई ठुलो राहत पुग्ने जानकारी समेत नेम्बाङले बताएका छन् । यो गो फन्डलाई भर्जिनिया निवासी डा.देशराज सम्योगले तत्काल संचालनमा ल्याएर निरन्तर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्वाले सम्पुर्ण सहयोगी दातालाई सहयोग गर्ने आग्रह गरेका थिए ।

यसको समन्वय किरात याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए ।अनिल सुब्वा ( रमेश सम्वाहाङफे ) लिम्बुको गत मार्च २४ तारिख कोभिड-१९ को संक्रमणबाट उपचारको क्रममा न्यू-योर्कको एल्महर्स्ट अस्पतालमा निधन भएको थियो ।

पाँचथरको कुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएको अनिल सुब्वा लिम्बु बिगत लामो समय देखि अमेरिकाको न्यूयोर्कमा रहदै आएका थिए । ४९ बर्षको अल्पआयुमा नै निधन भएको अनिल लिम्बुको एक श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्वा लिम्बु, ताङछो हाङ सुब्वा लिम्बु र एक छोरी रेनु सुब्वा लिम्बु छन् ।

https://www.gofundme.com/f/support-family-of-coronavirus-victim-covid19?

 

प्रतिक्रिया