लकडाउनको बेला घर बसेर अतितलाई सम्झॅंदा

शशी के.सी २०७६ चैत २८ गते १९:०५ मा प्रकाशित

आज काममा नगई घर बसेको २३ दिन भयो। कामै बन्द,कहाॅं जानु र काम गर्न, लकडाउन नखुलेसम्मलाई अरू जस्तै अहिले म पनिअस्थायी बेरोजगार, ओहो यस्ता दिनपनि आए।साथै, हुॅंदाहुॅंदा भर्जिनिया राज्यले नै स्वास्थ क्षेत्रमा काम गर्ने, ग्रोसरी स्टोर, बस तथा ट्रेनचालक, पोष्ट अफिस,खानेकुरा ओसार्र्ने ट्रक चालक आदी आवश्यक कामदार बाहेक अरू सबैलाई जुन १० सम्मलाई “घर मै बस्नु” केहीअत्यन्त जरूरी काम जस्तै घरको नजिक वरीपरी आफ्नै परिवारको सदस्यसॅंग हिॅंडडुल, व्यायाम, खानेकुरा, औषधी किन्न,डाक्टरकोभिजिट वा बुढाबुढी आफन्तलाई सहयोग गर्न जानु बाहेक भनेर आदेश गरेको छ।

यो लकडाउन हुनुको कारण चाहीं,कोरोना भाइरस फैलिन नदिनु हो। अहिलेको अवस्था कस्तो छ भने देख्न सकिने भा भए नी “लौ आयो कोरोना भाइरस भाग वा लुक भन्नु” त्यस्तै कस्लाई लागेको र को बाट सर्छ पत्तै नहुने रहेछ शुरूमा त । तेसैले यसबाट बच्ने उपाय भनेकैसकभर घरबाट बाहिर नजानु, जानै परे ६ फिट टाढा रहनु, बाहिर हिॅंडदा मुखमा मास्क लगाउनु, बाहिरबाट आए पछि हात धुनु राम्रो सॅंग मिच्ची मिच्ची, धुन नमिल्दा स्यानिटाइजर दल्नु, नाक,ॲांखा,मुख हात नधोई छुॅंदै नछुनु। “आ मलाई त लाग्दैन “ भनेर हेलचेक्याई गर्न पनि नमिल्ने रहेछ, के चीन, इटाली, अमेरिका, बेलायत, भारत, नेपाल संसार भरका सबैलाई लाग्यो, के राजकुमार/राजकुमारी, के प्रधानमन्त्री,के डाक्टर, नर्स,के बुढाबुढी, के युवा, केटाकेटी, के धनी, के गरीव सबैलाई लाग्यो र कतिले त ज्यानै गुमाउनु भयो अनि साथैअहिलेसम्म यो चटक्कै, छिटो निको हुने औषधी बनेकै छैन संसारभर कहीॅं पनि, त्यसैले अहिलेको बिकल्प भनेकै खुरू खुरू सरकारले भनेको मानेर “रोग लाग्नु भन्दा लाग्न नदिन” बच्ने उपाय नै घर बस्ने, आफुपनि बच्ने र अरूलाई पनि बचाउने रहेछ।

अहिले फुर्सदिला हामी, घरमा नै छौं, समय कटाउन वा भनौं डर त्रासबाट एकछिन भुलाउन फेसबुक हेर्छौं। फेसवुक चलाउने पनि सबैकाआ-आफ्नै तरीका छ, कोही गीत, कविता, कोही उपदेश/ सन्देश मुलक भिडियो,फोटो राख्छौं, कोही खानाको फोटो, रेसिपी, कोही आफ्नैबॅंगेचाको फुलहरूको फोटो, कोही अरूले राखेको हेरिमात्र रहन्छौं आफु केही पनि गर्दैनौं / राख्दैनौं र कोही कोही हामी अहिले पुरानाफोटोहरू खोजीखोजी राख्दैछौं। हो ती पुराना फोटोहरू हेर्दा रमाइलो लाग्छ, हामी आफु हुर्के बढेको परिवेश, साथीभाई, इष्टमित्र, त्योसमय र विदेश बस्दा देश नै पनि धेरै सम्झाउने रहेछ। म पनि अहिले फुर्सदिलै छु, लौ पुरानादिनका फोटोमात्र के र केही भुल्नै नसकिनेपलहरू पनि त छन हाम्रा भनेर दुईचार घटनाहरू सम्झेर लेख्न थालें। सबैभन्दा पहिला शुरू गर्छु मेरो आफ्नो बाल्यकालदेखिको घटना

म हराएकोबेला: म यस्तै दुईबर्ष जतिको थिॅंए होला, एकदिन म घरबाट हराइछु। हामी त्योबेला काठमाडौं,डिल्लीबजारको बाटोकै छेउकोएक घरमा तिनतल्लामाथी डेरामा, हजुरबुबा, हजुरआमा, बुबा,आमा, म र ठुलो भाई बस्थ्यौं । हजुरबुबा, अलिक जान्ने, सुन्ने, पढेको,अड्डाअदालत सबै ज्ञान भएको, गाॅंउतिरबाट काम परेकाहरू भेट्न धेरै आउने, हजुरआमा भान्छातिर व्यस्थ होला चिया नास्ता बनाउन,मम्मी भाई३-४ महिनाको हेर्न व्यस्थ होला, बुबा अफिस, म सानी खुरूखुरू भर्यागं ओर्लेर कतिबेला निक्ले कसैले पत्तै पाएनन् होला। खोज्दा त सानीबच्ची छैन, हाहाकार भई गयो नी, फेरी त्योबेला केटाकेटी चोरेर इन्डिया लग्नेको बिगबिगी थियो रे, कोही खोज्न मैतिदेवी, कोही पुतलीसडक, कोही बानेश्वरतिर, कोही पुलिस चौकी कमल पोखरी कुदेछन्। त्यो बेला डेरामा बिभिन्न तल्लामा मान्छे बसेपनि, ३-४ वटा बाथरूम, टोइलेट र पानी थाप्ने ठाउॅं चाहीॅं पछाडी पट्टी तल्लो तलामा थियो रे सबैको साझा। एकजना डेरामा बस्ने मानिस टोइलेट जानलाग्दा त, एउटा टोइलेटको ढोका अलिकति बन्द, भित्र सानो धारा खोलेको, ॲध्यारो अनि म सानी बच्ची मज्जाले लुगा पुरै भिजाएर पानी खेलेर बसेकी रहेछु। धन्न म भेटिॅंए।

बुबाको जन्मघर जाॅंदा: बुबाको पढाई, बसाई, जागिर सबै काठमाडौंमा भएपनि, बुबा जन्मेको चाहीं सोलुखुम्बुमा हो। बुबा जागिरको सिलसिलामा रामेछाप भएकोबेला, हामी सपरिवार पहिलो पटक सोलुखुम्बु, कुलदेवताको पुजा पारेर गयौं। म यस्तै ५-६ बर्ष जतिको भएकोले केही सम्झना पनि छ। त्यो बेला गाडी कहाॅं चल्थ्यो र,हिॅंडेर, डोकोमा बसेर ठाॅंउ ठाॅंउमा बास बस्दै धेरै दिन लगाएर पुग्यौं।बाटोमा कतै उकालो, कतै ओरालो, कतै सल्लै सल्ला रूखको जंगल,कतै हुस्सु लागेको पर पर गोठमा गाई बस्तु बाॅंधेको, कतै त खायौं तातो कराईमा तताएको मिठो दुधपनि, लाली गुराॅंस फुलेका, झरना, नदीहरु तर्दै। दूधकोशी त सानो दुई काठको फल्याक जोडेर बनाएको पुलबाट तरेको, डर लाग्दो नी, ८-९ महिनाको सानो भाई लाई बोकेको भरियाले त पुलको बिच्चमा पुगेर खुट्टा लगलग कमाएर झन्डै भाईलाई लडाई दिएन रे। पछि माथी गाॅंउ घर पुग्दा पो थाहा भयो अलिक पर ठुलो झोलुंगे पुल रहेछ नी नदी तर्न त  ओहो, कुलपुजा,देवालीमा त बोका काटेको, धामी नाचेको, माथि दूधपोखरी घुमेको कता कता मधुरो सम्झना आउॅंछ। अहिले त गाडी नै पुग्छ रे, कुनै दिन जाने मन छ एक पटक बुबाको जन्मघर, हाम्रो पहाडघर !

रामेछापबाट सर्लाहीको यात्रा: तेही त हो सरकारी कर्मचारी एक जिल्लामा २-३ बर्ष भएपछि सरूवा भइहाल्ने, अनि सरूवा कहिले कता, कहिले कता, धन्न रामेछापबाट सर्लाही तेती टाढा भएन्। जिल्लाबाट अबिर माला लगाई दिएर बिदाई गरे। कोही रोए, कोही अलिक परसम्म पुर्याउन आए। यसरी फेरि हिॅंडदै, भरियालाई सामान बोकाएर लाग्यौं हामी। बाटोमा घटेको एउटा घटना सम्झॅंदा अहिले पनि कस्तो कस्तो लाग्छ। बुबा, आमा र अरू भरियाहरू बिस्तारै पछाडी आउॅंदै थिए। म र ठुलो भाईलाई बोकेको भरियाहरू अलिक छिटोअगाडी लागेका, अनि तिनीहरूलाई बाटो पनि तेती थाहा रहेनछ, जंगलमा त हराई हाल्यौं। ओहो घना जंगल बाटोमा ठुलो ठुलो जनावारको पद्चाप देखियो, तिनीहरू आफै भन्छन् बाघ, भालु होला, डरले हामी त रून थाल्यौं। कस्तो अचम्म,हिॅंडदै जाॅंदा खै तेस्तो जंगलको बिचमा सानो कुटी जस्तो घर देखियो। तेहाॅं त बुढाबुढी रहेछन्। उनीहरूले केही फलफुल खान दिए र हामी हिॅंडेको बाटो हैन, अर्को बाटो जानु भनेर बाटो देखाई दिए । अब तेस्तो घना जॅंगलमा कोही नहिॅंडने बाटोमा बुढाबुढी भेट्टिनु पक्कै पनि शिव पार्वती नै होला भन्थे पछि हाम्रो घटना अरू भरिया सबैलाई सुनाउॅंदा ।

सर्लाहीमा एकदिन दुई भाईहरू हराउॅंदा: जिल्लातिर तेही त हो कतै सरकारी अफिस तल र माथी कर्मचारी बस्ने क्वाटर। सर्लाहीमा तेस्तै थियो। तर क्वाटरमा माथी जाने पछाडी अर्को ढोका र बाहिरबाट भर्यागं थियो। हामी तेहीॅंको नजिकको स्कुलमा पढ्ने र खाजा खान घरआउने, घर आउॅंदा अफिसबाट नआउनुनी भन्नु त भएको हो बुबा, मम्मीले, हामी पर्यौं केटाकेटी खुरूखुरू अदालत भित्रबाट आउने, ओहो कर्मचारीहरूले त चिन्ने बाबु, नानी भन्ने, कस्तो डरलाग्दो, हत्तकडी लगाएर बाॅंधेर ल्याएको चोर डाकाहरू पनि हुने कुनैबेला त। खासमा तेताबाट नआउनु भन्नुको कारण चाहीॅं न्यायधिशका केटाकेटी चिन्लान र कतै उठाएर लग्लान भनेर थियो। एकदिन त साॅंझसम्म दुवैभाईहरू घर आएनन्। तहल्का भई हाल्यो नि जिल्लाभरि नै न्यायधिशका दुई छोरा हराए। पारी भारतको बोडर देखि सारातिर खोज्नकुदाकुद भयो, मम्मी र म रोएर बस्यौं। ३-४ घन्टा पछि पत्ता लाग्यो भाईहरू त सभापति अकंल सॅंग सर्लाहीमा बन्ने नयाॅं एयरपोटको ठाॅंउ हेर्न गएका रहेछन् गाडी चढेर !!

होस्टेल, क्याम्पस र अरू सम्झना: सरकारी कर्मचारीको बेला न कुबेला सरूवा भईरहने हुॅंदा केटाकेटीको पढाई त बिग्रिने देखिएरहामीलाई काठमाडौंमा होस्टेल भएको स्कुलमा भर्ना गरियो। म परें छोरी, केटीमात्र पढ्ने स्कुलमा पढें दस कक्षासम्म होस्टेल बसेर। धन्नत्योबेला रहेछ तेस्तो होस्टेल भएको स्कुलपनि। होस्टेलमा सबै जिल्लाबाट आएका, धनी गरीब सबै थरीका हामी तर सबैलाई समानव्यवहार गरिन्थ्यो।जे होस् अहिले सोच्दा बाॅंच्न सिकाएछ होस्टेल जिवनले जस्तो लाग्छ। सबै आफै गर्नु पर्र्थ्यो, खाना पकाउने, भाॅंडामाझ्ने, लुगा धुने, कोठा सफा गर्ने, खेलकुद, नाचगान अनि सबै भ्याएर पढ्नु पर्ने। अनि अर्को महत्वपुर्ण कुरा स्कुलले के सिकायो भने“सबै बराबर हो” तेसको लागि धेरै आभारी पनि छु स्कुलसॅंग, स्कुल पढ्दासम्म मलाई थाहा नै थिएन मान्छेलाई जातको आधारमाछुवाछुत वा फरक गर्छन् भन्ने नेपाली समाजमा । स्कुल सकियो साथी सबै छुटे, धन्न फेसबुक आयो सबै तेतै जुट्न थाल्यौं। हेर्दासंसारभर छरिएका हामी आ-आफ्नै ठाउॅंमा राम्रो पनि गरिरहेकै छौं। अब क्याम्पस त काठमाडौंमा पढियो, थरीथरीका साथी भेटियो, छुट्टियौं र तेही अहिले फेसवुकले भेट जुरायो, साथै सबै अनेक इलम गर्दै व्यस्त छौं संसार भर।

सम्झॅंदै जाॅंदा, काठमाडौं, हाम्रो पुरानो बानेश्वरको टोल छिमेकको हामी हुर्केको ती दिनहरु अति रमाइलो लाग्छ। अहिले जस्तो घरैघर र एकआपसलाई चिन्ने नसकिेने जस्तो कहाॅं थियो र हाम्रो टोल त्यो बेला, सबैले सबैलाई चिन्ने। पर पर १०-१५ घरहरू थिए, ठाउॅंठाउॅं मा पानी पर्ने सिजनमा पानी जमेर हिलो हुने खाली खेत तर जाडो महिनामा त फुटवल, क्रिकेट खेल्न मिल्ने मैदान नै हुन्थ्यो। हामी टोलमा १५-२० जना उस्तै उमेरका केटाकेटीहरू थियौं, बुबाहरू बिभिन्न सरकारी पेशामा कार्यरत, हामी चाहीॅं काठमाडौंको त्यो बेलाको नाम चलेको बिभिन्न स्कुल, महेन्द्र भवन, सेन्टमेरिज, सेन्टजेभियर्स,भानुभक्त, सिद्धार्थ बनस्थली, बृहस्पति,अमर आदर्शमा कोही होस्टेल र कोही घरबाट गएर पढ्ने। अरूबेला आकल झुक्कल भेट हुने हामी तर जाडो महिनाको छुट्टी त सबैको लामो एकैपटक हुने, फुर्सद पनि, दिनका दिन जस्तै भेट हुन्थ्यो । त्योबेला अहिलेका केटाकेटीहरूले जस्तो घर भित्र रेडियो, टि.भी, (कम्प्युटर त थिएननै) हेरेर बस्ने तेती चलनै थिएन, जति सक्दो घर बाहिर चउरमा निस्क्यो, फुटवल, क्रिकेट, सेभेन स्टोन, डन्डीबियो, व्याटमिन्टन, गुच्चा खेल्यो।कहिलेकाहीॅंपिकनिक पनि खाने गरिन्थ्यो घरघरबाट खानेकुरा, भाॅंडाकुॅंडा जुटाएर, कहिलेकाहीॅं भोगटे साॅंधेर खायो, अनि ओहो,घरघर डुलेर नाचगान पनि देखाउॅंने कहिले काहीं त। अर्को रमाइलो पाटो वा भन्ने हो भने हाम्रो बुबा,आमा पुस्ताहरूलाई धेरै नै धन्यवाद दिन्छु मत अहिले, हामी केटाकेटीलाई छानीछानी कसैलाई तिमी मिठो आलु रोटी, चाउचाउ पकाउने, कसैलाई मासु,मालपुवा, हलुवा, चिया आदी मिठो पकाउॅंछौनी भनेर फुर्र्क्याई दिने, हामी केटाकेटी न पर्यौं फुरूंग परेर मिठो पकाउन तत्तपर हुने, तेसरी थाहै नपाई ख्यालख्यालमा नै खाना पकाउनजान्ने भयौं हामी सबै। यसरी एउटै टोलमा संगसंगै हुर्केका हामी केटाकेटीहरू संसारका बिभिन्न देशमा बिभिन्न पेशा गरेर बसेका छौं ।हामी मध्य कोही कोही त यस्तो संसारभर महामारी फैलिएको कोरोना भाइरस संक्रमितको उपचार गर्दै बिभिन्न देशमा कार्यरत छौं।सुरक्षित रहनु, फेरी भेटेर पुराना दिन सम्झनु छ ।

अन्त्यमा,ती सबै स्वास्थकर्मीहरू जो आफ्नो ज्यानको बाजी राखेर, आफ्नो कर्तव्य पुरा गरिरहेका छौ, तिमीहरू अहिलेको लागि आधुनिक भगवान हौ। तिमीहरू छौ र त धेरैले बाॅंच्न पाएका छन्। धेरै धेरै धन्यवाद।

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया