प्रथमको सृंङ्गारले धेरैका आखा रसाए

इनेप्लिज २०७६ चैत २८ गते १०:०९ मा प्रकाशित

स्लो मोशनको ब्यानरमा कलाकार तथा निर्देशक प्रथम क्षेत्रिले निर्देशन तथा अभिनय गरेको म्युजिक भिडियो सृंङ्गारले गर्दा धेरैका आखा रसाएका छन् ।
फोटो खिचिक्कको सफलता पछि प्रथमले निर्देशन तथा अभिनय गरेको म्युजिक भिडियो श्रिङ्गारमा आफ्नै बिहेको कार्ड बाड्न जादा गाडीले किचेको निकै नै मार्मिक कथा देखाईएको छ । जसमा नग्मा श्रेष्ठ र प्रथम क्षेत्रिलाई देख्न सकिन्छ । उक्त गीतमा अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल सुबाश पुरीको स्वोर रहेको छ भने थानेस्वर गौतमको संगीत, प्रभा बर्तौलाको शब्द रहेको छ ।

तिम्रो कम्मर कति छ मैया, हिमाल हल्लाउन सक्छु, जाउ न माया भागेर जस्ता सुबाश पुरी को गीतले युटुबमा राम्रै दर्सक बटुलेका छन् । युट्युबमा राम्रो प्रतिक्रिया बटुलेको यस म्युजिक भिडियो प्रथम क्षेत्रि युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ । सुमन कार्कीले छायांकन गरेका हुन् भने उक्त गीतलाई अनन्त घिमिरेले सम्पादन तथा रंग संयोजन गरेका हुन् । चन्द्र सम्सेर के सी को उत्पादन प्रबन्धकमा रहेको उक्त भिडियोमा हरि क्षेत्रि र सुबाश पुरीको सयुक्त लगानी रहेको छ ।
भिडियो हेरौं :

प्रतिक्रिया