सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:३९
वासिङटन डिसी 18:54

न्यूयोर्कमा कोरोना भाइरसबाट मृत्यु भएकाको दाबी नगर्ने शवलाई १४ दिन पछि गाडिने

इनेप्लिज २०७६ चैत २८ गते ०:३० मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट सर्वाधिक मृत्यु हुने राज्य न्यूयोर्क भएकोले हालसम्म न्यूयोर्कमा ७ हजार ६७ जनाको मृत्यु भए संगै बेबारिसे लाश र दाबी गर्न नआएकको कारण ठूलो समस्या उत्त्पन्न भएको छ ।

न्यूयोर्कमा कोरोना भाइरसबाट मृत्यु भएकाको दाबी नगर्ने शवलाई १४ दिन पछि गाडिने जनाएको छ । क्षमता भन्दा अत्यधिक मानिसको ज्यान गएकोले गाड्ने समस्या हुन् थालेको हो ।

न्यूयोर्कको प्रमुख चिकित्सा जाचकर्ताको शहरी कार्यालयले आफ्नो आधिकारिक संजालस्थलमा केही नीतिहरु परिवर्तन गरेको छ । बिगतमा बेबारिसे या दाबी गर्न नआउने शवलाई ३० सम्म सम्म शीतक यन्त्र(रेफ्रिजेरेटर)मा भंडारण गरिने गरिन्थ्यो ।

तर यो समस्याको कारण १५ दिन सम्म कोही आफन्त या दाबी गर्न आएनन भने १५ दिनमा गाडिने जनाएको छ । १५ दिन भित्र नआएमा ब्रंक्स हार्ट ल्याण्ड स्थित समाधि स्थलमा लगिने जनाएको छ ।

उक्त संजालस्थलका अनुसार औसतमा २४५ जना को दैनिक मृत्यु हुने र करिव हरेक ६ मिनेटका एकको मृत्यु हुने गरेको गोथामिस्ट डटकमले लेखेको छ ।

गोथामिस्ट डटकम /बिजिनेस इनसाईडर

प्रतिक्रिया