शनिबार, असोज ९ २०७८
काठमाडौं १३:०१
वासिङटन डिसी 03:16

राहत चेक नपाउने भए पछि आफ्नी अपाङ्ग पत्नीलाई आगो लगाउने कोसिस गर्दा न्यूमेक्सिकोका एक मानिस पक्राउ

इनेप्लिज २०७६ चैत २७ गते ०:१४ मा प्रकाशित

न्यूमेक्सिकोका एक मानिसले कोरोना भाइरस राहत चेक (धनादेश)नपाउने भए पछि आफ्नी अपाङ्ग पत्नीलाई आगो लगाउने कोसिस गर्दा पक्राउ परेका छन् ।  ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीको कारण बेरोजगारी र भिषण आर्थिक मन्दीका कारण स्टिमुलस चेक (राहत सहायता धनादेश)को लागि उक्त व्यक्ति योग्य नभए पछि उनले रिसको झोकमा आफ्नी पत्नीलाई आगो लगाउने कोसिस गर्दा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जो मासीएस नामक ६३ बर्षिय उक्त मानिसलाई हत्या,अपहरण र अति निकृष्टको साथ परिवारको सदस्य त्यसमा पनि शारीरिक रुपमा अशक्त महिलालाई जलाउन खोजेको आरोप लगाइएको छ । गत हप्ताको बुधबार उनको आफ्नो श्रीमती संग बादबिबाद हुँदा उनले इन्धन उनको शरीरमा खन्याएको समाचार स्थानीय समाचार आलबुक्युरक्यु अखबारले लेखेको छ ।

घाइते महिलाले प्रहरीलाई उनका पति ५ बजे घर आएको र ४ थान बियर(जौ मदिरा)ल्याएको र राहत चेकको लागि आफू योग्य नभएको कारण निरास भएको उनले प्रहरीलाई बताएकी थिइन् ।

मासीएसलेआफ्नी पत्नीलाई ज्वालक(लाइटर)ले हानेका थिए । उक्त पुरुषले आफ्नो चुरोट निकाली कैयौ पटक ज्वालक(लाइटर)बालि हानेको उनकी पत्नीले प्रहरीलाई जानकारी दिएकी थिइन् ।

प्रहरीले उक्त व्यक्तिलाई त्यही नजिकै हिड्दै गर्दा इन्धन लागेको लुगा सहित पक्राउ गरेका थिए । प्रहरीले उक्त महिलाको कपाल र पाईजामा सहित भिजेको पाएका थिए ।

श्रोत :फक्सन्युज

प्रतिक्रिया