भोकमरी नआओसु भन्नाको लागि बाजुराको सबै स्थानीय तहमा आपतकालिन कोषको स्थापना

वीरेन्द्र रावल २०७६ चैत २६ गते १९:१४ मा प्रकाशित

वीरेन्द्र रावल,

,धनगढी, चैत २६ ÷ सुदूरपश्चिममै सबै भन्दा बढी खाद्य संकट झेल्दै आएको दुर्गम पहाडी जिल्ला बाजुरा हो ।

बाजुरा जिल्लामा हरेक बर्ष खाद्य संकटहरु उत्पन्न हुने गर्दछ । कुहिएका चामल होस् या आयोडिन युक्त नुन नपाएको किन नहोस् बाजुरा जिल्लाका जनताले जहिल्यैपनि दैनिक उपभोग्य वस्तुहरुमा रुपैयाँ खर्च गर्दापनि गुणस्तरीय खाद्यान्न खान नपाएका गुनासाहरु पटक पटक गर्दै पनि आएका छन् ।

यसैक्रममा कोरानाको कहर सृजना भएसंगै कोरोना संक्रमणले निम्त्याउने जोखिम रोकथामका लागि बाजुरा जिल्लामा सतर्कता अपनाउन थालिएको छ ।
बाजुरा जिल्लामा खाद्यान्न संकट देखि लिएर औषधीमूलोमा अभाव सृजना हुने भएका कारण त्यसको जोहोको लागि बाजुरा जिल्लाका सबै स्थानीय निकाय र जिल्लास्थित सरकारी निकायहरुले चाँजोपाँजो मिलाउन थालेका छन् ।

यसैक्रममा जिल्लाका स्थानीय तहहरुमा कोरोना न्यूनिकरण सम्बनधी कोष निर्माण कार्यलाई तिव्रता दिएको पाइएको छ ।

बाजुरा जिल्लामा कोरोनाको प्रकोप नियन्त्रणका लागि आपतकालिन खर्च व्यवस्थानका लागि स्थानीय तहले कोष निर्माण थालनी गरेका छन । सरकारले जारी गरेको निर्देशनका आधारमा स्थानीय तहले आ–आफ्नो स्थानीय निकायमा आपतकालिन कोष निर्माण गर्न थालेको कुरा बाजुराका स्थानीय पत्रकार गगन अयडीले जानकारी दिएका छन् ।

बाजुराका नौ वटै स्थानिय तहले कोरोना बिरुद्धको अभियानलाई सफल बनाउका लागि राहत कोष स्थापन गर्न थालेका हुन ।

तीं स्थानीय निकायहरुले सबै सरोकारवाला निकाय,सामाजिक संघ संस्था र दात्रृ निकायलाई स्थानिय तहले स्थापना गरेको कोषमा सहयोग सहयोग गर्न अनुरोध गरेका छन् ।

प्राप्त समाचार अनुसार गौमुल गाउँपालिकाले ३० लाख बराबरको विपत राहात कोष स्थापना गरेको छ । गाउँ कार्यपालिकामा उपलब्ध सदस्यहरुको आकस्मिक बैठकले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्य योजनाको लागि ३० लाखको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको गौमुल गाउपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले जानकारी दिएका छन् । । हिमाली गाउपालिकाले ५० लाख बराबरको राहात कोष स्थापना गरिएको छ । गाउसभा बाटै राहतकोष स्थापना गरिएको थियो । त्यसै कोषलाई कोरोना महारीको रोथामको लागि प्रयोग गरिने गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले जानकारी दिएका छन् । स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष चिरञ्जिबी शाहीले १० लाख बरावरको राहात कोष स्थापना गरिएको बताए । सबै वडाहरुमा बिदेशबाट आएकाहरुको तथ्यांक संकलन भइरहेको छ ।

जगन्नाग गाउँपालिकाले २० लाख बरावरको राहात कोष स्थापना गरेको बताएको छ । गाउँपालिकामा रहेका अतिबिपन्न परिवार लकडाउनको कारणले दैनिक ज्यालादारी लगायतको तथ्यांक संकलन भइरहेको र त्यस्तो तथ्यांक आएपछि एक परिवारलाई २ हजार बराबरको खाद्यन्न सामग्री दिने निर्णय गरेको छ । भारतबाट आएका हरुको तथ्यांक लिने काम वडाहरुबाट भइरहेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिएका छन् ।

बडिमालिका नगरपालिकाले अति विपन्न परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ । ज्याला मजदुरी गरि खाने परिवारका लागि दैनिक जीवनयापन गर्न सजिलोका लागि २५ लाख राहत प्याकेज ल्याएको नगर प्रमुख पदम बडुवालले बताएका छन् । नगर कार्य पालिकाको बैठकबाटै राहत प्याकेज घोषणा गरिएको नगर प्रमुख बडुवालको बताएको छ ।

त्रिवेणी नगरपालिकाले कोरोना विरुद्धको रोग नियन्त्रणका लागि आपकालिन खर्च व्यवस्थानका लागि ७३ लाख ८ हजार रकम छुट्याएको छ भने बुढीनन्दा नगरपालिकाले ५० लाखको आपत्कालित कोष निर्माण गरेको छ ।

बुढीगंगा नगरपालिकाले २५ लाख रकम छुट्याएको छ भने खप्तड छेडेदह गाउँपालिकाले पनि १९ लाख बराबरको आपतकालिन कोषको स्थापना गरिएको बताएको छन । अन्य बिपन्न र गरिव परिवारको पहिचान गरि खाद्यन्नको ब्यवस्था गरिने गाउपालिकाका अध्यक्ष नरबहादुर रावलले जानकारी दिएका छन् ।
यस्तै, बुढीगंगा नगरपालिकाले जिल्ला अस्पताल बाजुरालाई १ लाख सहयोग गर्ने भएको छ । कोरोना रोकथाम तथा उपचार व्यवस्थापनका लागि १ लाख सहयोग गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक दिपक शाहले बताएका छन् ।

नगरपालिका भित्र गर्ने र क्वारेन्टाइन सहीतका अन्य व्यवस्थापनको लगानी बाहेक जिल्ला अस्पताललाई अलग्गै सहयोग गरिएको संयोजक शाहले बताएका छन् । जिल्ला अस्पतालले कोरोना संक्रमण जोखिम विरुद्धको तयारीमा खर्च गर्ने गरि सहयोग गरिने नगरपालिकाले बताएको छ ।

आपतकालिन कोष मार्फत जिल्लामा भैपरी आउने र भोकमरीमा पर्नबाट जनतालाई जोगाउनका लागि र विपन्न जनतालाई भोकभोकै मर्न नपरोस् भन्नका लागि चालिएको अभियानलाई सफलपारिदिनका लागि सबै स्थानीय निकायले सरोकारवालाहरु समक्ष अपिल समेत गरेका छन् ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया