मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०९:१२
वासिङटन डिसी 23:27

मेरिल्याण्डका गभर्नर होगनको कार्यकारी आदेशको उल्लङ्घन गर्ने १४ जनालाई पक्राउ, ६६५ जनालाई चेतावनी

इनेप्लिज २०७६ चैत २५ गते २२:५५ मा प्रकाशित

Poop

मेरिल्याण्डमा कोरोना भाइरसबाट कोही संक्रमित नहुन भन्दै मेरिल्याण्डका गभर्नर ल्यारी होगनले जारी गरेको कार्यकारी आदेशको उल्लङ्घन गर्ने १४ जनालाई पक्राउ गरिएको छ भने ६६५ जनालाई चेतावनी दिएको छ ।

सर्वाधिक क्रियाशील तथा जनताको ज्यान बचाउन सुरक्षित बस्नु र सामाजिक दूरी कायम गर्न उनले गरेको आदेशलाई उल्लङ्घन गरे वापत उक्त कारवाई अगाडी बढाईएको छ ।

होगनले मंगलबार स्थानीय स्वास्थ्य विभागको “असुरक्षित” व्यवसायहरू बन्द गर्नका लागि नयाँ कार्यकारी आदेश जारी गरेका छन । उनले सामाजिक दूरीका उपायहरूको पालना गर्न असफल हुने हुनाले उक्त कदम चालेका हुन् ।

यसैबीच, होगनका प्रवक्ता माइक रिक्सीले सामाजिक संजाल ट्वीट मार्फत भने कि मंगलबार सम्म मेरील्याण्डमा प्रहरीले करीव १५ हजार यस्ता स्थानमा आज्ञापालन गरेका छन् या छैनन् भनि जाँच गरिएको थियो ।

उनको आदेश उल्लङ्घन गर्दा १४ जनालाई पक्राउ गरिएको र आदेश उल्लंघन गरेकोमा ६६५ जनालाई चेतावनी जारी गरेको जनाएका छन् ।

सबैभन्दा सामान्य प्रकारका उल्लंघनहरु ३१३ वटा ब्यबसायबाट,५१ वटा निजी निवासहरूबाट ,३०८ वटा खुला सार्वजनिक ठाउँहरुबाट र १२ वटा पूजाअर्चना गर्ने भवनहरूबाट भएको उल्लेख गरेको छ ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया