मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:५८
वासिङटन डिसी 23:13

मनासस भर्जिनियामा १४ बर्षका किशोरले छुरा प्रहार गरेको आरोपमा पक्राउ

इनेप्लिज २०७६ चैत २५ गते २२:२० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनाससका १४ बर्षिय किशोरले छुरा प्रहार गरेको आरोपमा पक्राउ उनलाई पक्राउ गरिएको छ । गत शनिबार अप्रिल ४ का दिन बिहान १ बजे अगाडी उनले छुरा प्रहार गरेकोमा उनलाई पक्राउ गरिएको मनासस शहर प्रहरी बिभागले जनाएको छ ।

उनले बार्रिङ्गटोन पार्क सर्कल (उद्यान वृत)मा छुरा प्रहार गरेको खबर प्रहरीलाई जानकारी दिइएको थियो । प्रहरीका अनुसार उनले वयस्क महिला तथा पुरुष माथि आक्रमण गरेका थिए ।

प्रहरीका अनुसार उनीहरु संग वादविवाद हुँदा दुबैलाई छुरी हानेको प्रहरीले आफ्नो वक्तब्यमा जनाएका छन् । घाइते दुवैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने पुरुष शख्त घाइते भएका छन् भने महिला खतरनाक मुक्त रहेकी छिन् । घाइतेहरुलाई उदग्रविमान(हेलीकप्टर)बाट अस्पताल लागिएको थियो ।

मनाससका किशोरलाई उत्तेजित द्वेषपूर्ण घाइते बनाएको आरोप सहित उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ।

श्रोत :प्याच डटकम

प्रतिक्रिया