गाइगोठवाट प्रत्यक्ष प्रसारण

इनेप्लिज २०७६ चैत २५ गते १५:१७ मा प्रकाशित


कोरोना भाइरसको संक्रमणवाट संसार आक्रान्त छ र त्यसको असर हाम्रो सानो मुलुक नेपालमा पनि परेको छ। देश लकडाउनको कारण ठप्प छ । मानिसहरुका समस्या दिनप्रति दिन वढ्दै गएका छन् । समस्या मानिसहरुमा मात्रै छैन, पशुप्राणीमा पनि परेको छ। वरिष्ठ पत्रकार टंक पन्त यो पटक लकडाउनले गोठमा रहेका गाइहरुलाई कस्तो असर पुगिरहेको छ भनेर गाइगोठवाट प्रत्यक्ष प्रसारणमा आउनु भएको छ।

तीन दशक लामो पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार पन्तले नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि भएको २०४६ सालको जनआन्दोलनदेखि माओवादी सशस्त्र युद्ध, शान्ति वार्ता, देशमा गणतन्त्र स्थापनाको लागि भएको २०६२/ ६३ को आन्दोलन मात्रै होइन, संविधान निर्माणका लागि भएका हरेक रस्साकस्सीको समाचार संकलन गर्नुभयो ।


धेरै पत्रकारहरु केही वर्ष सक्रिय पत्रकारिता गरेपछि क्रमश निस्क्रिय हुंदै जान्छन्, तर वरिष्ठ पत्रकार पन्तको सक्रियता अझ वढेको छ । लकडाउनको समयमा उहां राजमार्गमा परेको असर हेर्न निस्कनु भयो ।

भारतसंग हाम्रो लामो खुल्ला सीमाना छ, त्यहांवाट संक्रमितहरु नेपाल नछिरुन भनेर नेपाल सरकारले मिलाएको सुरक्षा व्यवस्था हेर्न नेपाल भारत सीमानामा पुग्नुभयो । उहांले रुपन्देहीमा नै भएको नेपालका ठुला गाइगोठ मध्येको एक गोठमा पस्नुभयो र इनेप्लिजका लागि लाइभ गर्नुभयो । (लाइभको सुरुको दुइ मिनेट २० सेकेन्डजति क्यामेराको एंगल मिलेको छैन तर पछि ठीक छ । छापा पत्रकारितामा लामो समय विताउनु भएका वरिष्ठ पत्रकार पन्तका लागि लाइभमा अभ्यस्त हुन त केही समय लागि हाल्छनि) ।

हामी अधिकांस नेपाली नागरिकहरु किसान नै हौ, हामी किसान होइनौ भने पनि हाम्रा वुवा आमा, दाजु भाइ, दिदी वहिनी, काका काकी, वडावा, वडीमा, कोही न कोही त अझै कृषि पेशामा आवद्ध हुनुनै होला ।

धेरै नेपाली युवाहरु अहिले दिनप्रति दिन विदेश पलायन भइरहेको वेला यसरी देशमा नै गाइगोठ गर्न सकिने रहेछ भन्ने धेरैलाई प्रेरणा मिल्नेछ । मन लाग्यो भने यसलाई शेयर पनि गरिदिनु होस्, जसले नेपाललाई शुद्ध दुध र घिऊ खुवाउन गाइगोठ वढाउंदै लगेका उद्यमी शशी पौडेललाई उत्साह मिलोस्, अरु नेपालमा नै केही गरौ भन्नेहरुलाई प्रेरणा पनि । हेरौ – लाइभ फ्रम गाइगोठ ।

Posted by Enepalese on Monday, 6 April 2020

प्रतिक्रिया