थाली ठठाएर,दिप प्रज्वलन भएको मौकामा महिलाको गोली हानी हत्या

वीरेन्द्र रावल २०७६ चैत २४ गते ११:१६ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,, चैत २४

भारतीय प्रधानमन्त्री मोदीले अप्रिल ६ गते साँझ सारा देशबासीलाई कोरोना भगाउनका लागि ब्ल्याक आउटका बिचमा ९ मिनेट जति घर घरमा दियो बाल्न आग्रह गरे । त्यसैको शिको नेपालीले पनि गर्न भ्याए ।

नेपालका विचिन्न गाउँ शहरहरुमा राती ७ देखि ८ बजेको बिचमा थाल ठटाउने, बाजा बजाउने र बन्दु अनि पटका समेत पड्काउने कार्यमा नेपालीहरुका बिचमा कडा प्रतिष्पर्धा देखियो ।

कतिय स्थानमा त लाखौं थालहरु ठटाएर धामाल नष्ट भएका पनि समाचारहरु प्राप्त भएका छन् । त्यहि तालमा भने डोटी जिल्लामा एक निर्दोष महिलाको गोली हानी हत्या भएको छ ।

हत्या गर्ने व्यक्तिले बाजा बजाएको वा थाली ठटाएको समयमा ताल मिलाएर महिलाको गोली हानी हत्या गरेको अनुमान गरिएको छ ।

प्राप्त समाचार अनुसार डोटीको जोरायल गाउँपालिकामा वडा नं. ४ देउथलाको नङनी टोलकी २० वर्षीया अनिता वनको गोलि हानी हत्या गरिएको छ । आइतवार राती निज महिलाको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “म घटना स्थलमा आफै खटिएको छु, कस्ले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्ने छ ।” भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले जानकारी दिनुभयो ।

गोली कस्ले हानेको भन्ने विषयमा अहिले सम्म एकिन जानकारी नखुलेपनि घरमा अरु कोही नभएको र उहाँका २२ वर्षीया श्रीमान खडक वन मात्रै भएले उहाँले नै हानेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । घरको माथिल्लो तलामा रहेका दुइ कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको एक कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । उता मृतक अनिताका श्रीमान खडकले आफु घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफु माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीको टोली घटनास्थल पुगि खडक वनलाई नियन्त्रणमा लिएको बताइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गएको फागुन १३ गते विवाह भएको खुल्न आएको प्रहरी प्रमुख देउवाले बताउनुभयो । मृतकको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल पठाउने पठाइएको छ । थप घटनाको रहस्य पत्ता लगाउनका लागि प्रहरीले अनुसनधान थालिरहेको कुरा प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया