नेपाली मुलका दिवेश पोखरेल वव मार्लीको गीत गाएर अमेरिकन आइडलको शीर्ष २० मा प्रवेश (श्रब्यदृश्य सहित)

इनेप्लिज २०७६ चैत २४ गते ११:०३ मा प्रकाशित

अमेरिकन आइडलको १८ औ संस्करणमा नेपाली समुदायको ईतिहासमा पहिलो सहभागी बन्ने अवसर पाएका दिवेश पोख्रेलले गत अप्रिल ६ मा सम्पन्न कार्यक्रममा बेजोड प्रस्तुति गरेका छन् । कोरोना भाइरसको महामारी संक्रमणमा पनि अमेरिकन आइडलले छायाँकन गरेको छ । उनले बब मार्लीको गीत बेजोड प्रस्तुति गरि पुन आफूलाई सशक्त प्रतियोगीको रुपमा उभ्याउन सफल भएका छन् ।

सामाजिक दूरी को आब्हान भै रहेको समयमा पनि सम्पन्न उक्त प्रस्तुतिमा उनलाई निर्णायकले प्रशंसा गर्न बाकि राखेनन् । अर्थर गन उपनामले गीत गाउदै आएका दिवेश शीर्ष २० मा पुग्न सक्नु सम्पूर्ण नेपाली समुदायको शिर उच्च भएको छ । सबै नेपाली उनि प्रति गर्व गर्दछन । “मैले वास्तवमै यो आशा गरेको थिइनँ कि म यति टाढा पुग्ने छु । म अझै पनि यो सबै बुझ्न प्रयास गर्दै छु, “भने । उनले बब मार्लीको इज दिस लभ भन्ने गीत प्रस्तुति गरेका थिए

गीत समाप्त पछि निर्णायक केटि पेरिले युवा गायक भन्दै आँखा खुला राख्न सुझाव दिएकी थिइन् । यसै गरि अर्का निर्णायक लिओन रिचीले “तिमी सायद हाम्रो सबैभन्दा अद्वितीय प्रतियोगी हौ ,” ।

उनलाई “शुद्ध ज्योति” भन्दै “तिम्रो काम आउनुपर्दछ र आफ्नो उपहारले संसारलाई अभिषेक गर्नु हो। हामीले केही कठिन निर्णयहरू लिनुपर्‍यो, र तिमीलाई लिनु नै सबैभन्दा सजिलो निर्णय हो। ” भने ।

गत अप्रिल ५ मा सम्पन्न उनको प्रस्तुति पहिले नै खिचेर आइतबार पुन प्रसारण गरिएको हो । उनले आफ्नो निजि सामाजिक संजाल अनुहार किताब(फेसबुक)मा मेरो नाम दिबेश पोख्रेल काठमाडौँ ,नेपालबाट हो भनि संदेश दिएका छन् ।

उनले म शीर्ष २० मा परेको छु भन्दै मैले अर्को चरणमा पुग्न आफ्नो सम्पर्क सामाजिक संजालमा वृद्धि गर्नु छ भनेका छन् ।

प्रतिक्रिया