कोरोना भाइरस संक्रमित वेलायती प्रधानमन्त्री वोरिस जोन्सन अस्पताल भर्ना

इनेप्लिज २०७६ चैत २४ गते ०:०४ मा प्रकाशित

लण्डन । कोरोना भाइरसवाट संक्रमित भएका वेलायती प्रधानमन्त्री वोरिस जोन्सन थप स्वास्थ जांचका लागि आइतवार अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री कार्यालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए अनुसार, प्रधानमन्त्री जोन्सनलाई ज्वरो नियन्त्रण नभएपछि अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री जोन्सनलाई यसअघि नै संक्रमण भएको पुष्टि भएपनि निवासमा नै औषधि सेवन गर्दै आराम गरिरहेका थिए तर स्वास्थमा सुधार नदेखिए पछि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएका हुन् ।

५५ वर्षीय प्रधानमन्त्री जोन्सनलाई कोरोना भाइरसको संक्रमणको पुष्टि मार्च २७ मा यानेकी आजभन्दा १० दिन अगाडि भएपनि अझै स्वास्थमा सुधार आउन सकेको छैन ।

प्रतिक्रिया