मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:३१
वासिङटन डिसी 20:46

आगामी दुई हप्ता कोरोनाभाइरस बिरूद्धको लडाईमा सबैभन्दा गाह्रो हुनेछ : राष्ट्रपति ट्रम्प

इनेप्लिज २०७६ चैत २२ गते २२:०२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा पत्रकार सम्मेलनमा बोल्दै आगामी दुई हप्ता कोरोनाभाइरस बिरूद्धको लडाईमा सबैभन्दा गाह्रो हुनेछ र “त्यहाँ धेरैजनाको मृत्यु हुनेछ।” उनले भने ।

उनले तुरुन्तै संचार माध्यमलाई अपमान गर्दै “नक्कली समाचार ” भनेका थिए। उनले भने “केहि राज्यहरुसंग चाहिएको भन्दा बढी वायु-प्रवाहक(भेंटिलेटर)हरु छन्। उनीहरु यसलाई स्वीकार्न पनि मन पराउँदैनन्। यो कुरा समाप्त भएपछि तिनीहरूले यसलाई स्वीकार्छन्” ट्रम्पले भने।

ट्रम्पले भने कि एक हजार शैनिक कर्मचारी न्यूयोर्कको सङ्कटलाई सहयोग पुर्‍याउन तैनाथ गरिने जनाए । “हामीले न्यु योर्कको गभर्नरलाई कसैलाई दिएको भन्दा धेरै दिएका छौ” भने।

श्रोत :सिबिएस न्युज

प्रतिक्रिया