शनिबार, जेठ १७ २०७७
काठमाडौं २१:०७
वासिङटन डिसी 11:22

सबै अमेरिकीलाई मास्क लगाउन सिडिसीको अनुरोध

स्वास्थ्य बिमा नभएका अमेरिकीको कोभिड १९ उपचार खर्च सरकारले बेहोर्ने

यादवराज जोशी २०७६ चैत २२ गते १४:३२ मा प्रकाशित

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले सबै अमेरिकीलाई मास्क लगाउन सुझाव दिएको छ । “सर्वसाधारणले कपडाबाट बनेको मास्क प्रयोग गर्नु राम्रो हुन्छ,” सिडिसीले भनेको छ । सार्वजनिक स्थलहरु, बस, रेल, ग्रोसरी स्टार जादाँ मास्क लगाउन सिडिसीले सुझाव दिएको छ । मास्क लगाउदाँ कोभिड १९ को संक्रमण फैलन कम हुनेछ ।

कपडाको मास्क लगाउदाँ कोभिड १९ को संक्रमण भएकोबाट अरुमा फैलन वा अरुबाट सर्न कम हुने सिडिसीको विश्वास छ । कोभिड १९ बाट विश्वमा ११ लाखबढी संक्रमित भएका छन भने ६० हजार बढीको मृत्यु भैसकेको छ । अमेरिकामा कोभिड १९ संक्रमण विश्वमै बढी छ । यहाँ दुईलाख ७८ हजार संक्रमित छन भने सात हजार बढीको मृत्यु भैसकेको छ ।

कोभिड १९ संक्रमित बिरामीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । यसअघि स्वास्थ्य बिमाको विशेष दर्ता खोल्न दवाव विपक्षी डेमोक्र्याटले दवाव दिएका थिए । कोभिड १९ का कारण रोजगारी गुमाएका लाई विशेष स्वास्थ्य प्याकेज दिन पनि दवाव थियो । वर्तमान मेडिकेयरको दरको बिल सरकारले र्निे भएपनि अनपेक्षित बिल भएको अवस्थामा भने अस्पतालको बिल सरकारले तिर्ने छैन ।

बिमा नभएका अमेरिकीको उपचार खर्च सरकारले हालै ल्याएको स्टिमुलस प्याकेजबाट बेहोरिने छ । सन् १९१८ मा भएको यस्तै महामारीमा बिमा नभएकाको उपचार गर्दा अस्पतालहरुलाई ३.९ बिलियन डलरको घाटा लागेको थियो ।

स्रोत? एनपिआर, वाल स्ट्रिट जर्नल र एजेन्सीहरु

प्रतिक्रिया