शनिबार, जेठ १७ २०७७
काठमाडौं १९:४४
वासिङटन डिसी 09:59

कोभिड-१९को संक्रमणबाट अमेरिकी दम्पत्तीको बिहे भएको ५१ बर्ष पछि ६ मिनेटको अलग समयमा मृत्यु

इनेप्लिज २०७६ चैत २२ गते १२:०६ मा प्रकाशित

कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट एक अमेरिकी दम्पतिको ६ मिनेटको अलग समयमा मृत्यु भएको छ । एड्रियन बेकर र स्टुआर्ट बेकरले बिहे गरेको  ५१ बर्ष पछि दुवैको मृत्यु भएको हो ।

उनीहरुका परिवारले उक्त जोडीलाई कहिले पनि छुट्टिन नसक्ने भनि सज्ञा दिएका थिए । तर दैवको खेल ,उक्त दम्पति जीवित हुन् सकेनन । गत मार्च २९ का दिन कोभिड-१९ को संक्रमणको जटिलताबाट मृत्यु भएको छ ,त्यो पनि ६ मिनेटको अलग अलग समयमा ।

मृत्यु हुनु अगाडी ठिक एक हप्ता अगाडी सम्म दुवै जना स्वस्थ थिए । फ्लोरिडाको बोएनटन समुन्द्रमा बसोबास गर्दै आएका अवकाशप्राप्त जीवन बिताउदै आएका कहिले अलग नहुने जोडी थिए । दुवैको कुनै पनि गम्भीर स्वास्थ्य अवस्था पनि थिएन । मार्चको मध्यमा बिरामी भए जस्तो अनुभूति गर्न थालेका थिए ।

गत आइतबार उनका सुपुत्र बड्डी बेकरले जानकारी गराएका छन । पुत्रका अनुसार स्टुआर्ट बेकर ७४ बर्ष र एड्रियन बेकर ७२ बर्षकी थिइन् । बड्डी बेकर एनएफएलका अभिकर्ता(एजेन्ट)हुन् भने उनले सार्वजनिक रुपमा उक्त जानकारी गराएका हुन् । उनले सामाजिक संजाल ट्वीटर मार्फत श्रब्य दृश्य(भिडियो) सार्वजनिक गर्दै सबैलाई सामाजिक दूरी राख्न र घरमै बस्न आग्रह गरेका छन् ।

श्रोत : सिएनएन

प्रतिक्रिया