मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:४७
वासिङटन डिसी 23:02

राजदुत डा कार्की कोरोना भाईरसको महामारीबाट बचाउन बिभिन्न दल र समुहमा बिभाजित अमेरिकाका नेपालीहरुलाई एकजुट गराउदै

इनेप्लिज २०७६ चैत २२ गते ३:५५ मा प्रकाशित

 

कोरोना भाईरसको महामरीबाट बचाउनको लागी बिभिन्न राजनैतिक दल र समुहहरुमा बिभाजित अमेरिकाभरीका नेपालीहरुलाई एकजुट गराउने काममा अमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कुमार कार्की (बिध्याबारिधी) यतिखेर कम्मर कसेर लागेका छन्।

अमेरिकाको पूर्वमा न्युयोर्क, वाशिंगटन डिसी देखि लिएर सुदुर पश्चिममा जापानको नजिक पर्ने हवाई राज्य र रसियाको छेउमा पर्ने हिमाली राज्य अलास्का सम्मका नेपाली समुदायका अगुवाहरुको संयुक्त बैठक राजदुत डा० कार्कीले आयोजना गरे।

गत अप्रिल २ तारिख बिहिबार साँझ साढे पाँच बजे देखी साढे आठ बजे सम्म तिन घण्टा सम्म चलेको नेपालीहरुको संयुक्त बैठक राजदुत निवास वाशिंगटन डिसी देखि राजदुत डा कार्कीले नै मोडरेट गरेका थिए।

कम्प्युटर वा मोबाईल फोनबाटै बैठक आयोजना गर्न मिल्ने अत्याधुनिक प्रबिधी सिस्को वेबेक्स एप्स द्वारा जोडिएको संयुक्त बैठकमा सहभागी न्युयोर्क, न्युजर्सी, वाशिंगटन डिसी, भर्जिनिया, म्यारिल्याण्ड, नर्थ क्यारोलिना, जर्जिया एटलान्टा, फ्लोरिडा, एरिजोना, म्यास्याच्युएट्स बोस्टन, सिकागो, मिजौरी, टेन् नेसी, टेक्सास, कोलोराडो, क्यालिफोर्निया, वाशिंगटन सियाटल, हवाई र अलास्का राज्यहरुका नेपाली समुदायका ५२ जना अगुवाहरुले अमेरिकाको पचासै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुलाई कोरोना भाईरसले संक्रमण गरे नगरेको ब्रिफींग गर्दै महामरीबाट बच्नको लागी राजदुत डा० कार्कीलाई आ-आफ्नो राय सुझाबहरु दिएका थिए।

संयुक्त बैठकको छलफलमा निम्न बमोजिमका सहमतीहरु भएका थिए :

१) अमेरिकाको अन्य राज्यहरुमा जम्मा गरिएको मास्क, ग्लोब हाल बढी प्रभाभित क्षेत्र न्युयोर्कका नेपालीहरुलाई पठाईदिने ।

२) तराईबासीको संगठन ANTA ले उठाएको चन्दा सहयोग ६ हजार डलर न्युयोर्क पठाईदिने ।

३) नेपाल देखी पर्यटक भिषामा आएका र बिद्यार्थी भिषाको म्याद सकिन लागेको भए नेपाली कानुन ब्यबसायीहरुको टोलीले निशुल्क परामर्श दिने ।

४) कोरोना भाईरसको संक्रमणबाट बच्ने ऊपायहरु बारेको जनचेतनामुलक भिडियो तयार पारेर सबैले सेयर गर्ने ।

५) कोरोना भाईरसको शंका लागेमा अमेरिकाका बिभिन्न राज्यहरुमा कार्यरत करिब तिन दर्जन नेपाली डाक्टरहरुले चौबिसै घण्टा निशुल्क सेवा दिने ।

६) नेपालको राजनैतिक दलहरु नेपाली कांग्रेस पक्षधर जन सम्पर्क समितीको बिभाजित दुबै पक्ष ,सत्ताधरी दल नेकपाको प्रवासी नेपाली संयुक्त एकता मंचको बिभाजित दुबै संगठनहरु ।

तराईबासीहरुको संगठन एन्टाको बिभाजित दुबै संगठनहरु , बिभाजित तामाङ्ग समाजको दुबै संगठनहरु ,आदिबासी जनजाती संगठनहरु,नेपाली मिडिया र एनआरएन समेत सम्मिलित अमेरिकाबासी सम्पूर्ण नेपालीहरुको संयुक्त कमिटी गठन गरेर अमेरिकाबासी नेपालीहरुलाई कोरोना भाईरसको महामरीबाट बचाउन संयुक्त प्रयास गर्ने ।

प्रतिक्रिया