मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:५५
वासिङटन डिसी 23:10

नेशनल गार्ड परिचालित गरेर न्यूयोर्कले भेन्टीलेटर र स्वास्थ सामग्री संकलन गर्ने

न्यूयोर्कमा मात्रै २४ घण्टामा ५६२ जना कोरोना संक्रमितहरुको मृत्यु

इनेप्लिज २०७६ चैत २२ गते ०:२६ मा प्रकाशित


न्यूयोर्क । न्यूयोर्कमा कोरोना संक्रमणका विरामीहरु र मर्नेहरुको संख्या तीव्र रुपमा वढेपछि न्यूयोर्कका गभर्नर एन्ड्र्रयु कुमोले नेशनल गार्ड परिचालित गरेर प्रयोगमा नआएका भेन्टीलेटर र स्वास्थ सामग्रीहरु संकलन गर्ने वताएका छन् ।

विहीवार विहान देखि शुक्रवार विहानसम्मको २४ घण्टामा ५६२ जना अर्थात प्रतिघण्टा २३ जना कोरोना संक्रमितहरुको मृत्यु भएपछि गभर्नर कुमोले एउटा दर्विलो कदम उठाउन लागेका हुन् । न्यूयोर्कमा मात्रै शुक्रवार विहानसम्ममा २ हजार ९ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

गभर्नर कुमोले नेशनल गार्ड परिचालित गर्नका लागि आफुले चांडैनै कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जानकारी दिए । उनले नेशनल गार्ड परिचालित गरेर जम्मा हुने भेन्टीलेटर र स्वास्थ सामग्री आवश्यक पर्ने अस्पताललाई प्रदान गरिने जानकारी दिए ।

प्रतिक्रिया