कोरोना संक्रमणवाट मर्नेहरुका शव यत्रतत्र सडकमा

इनेप्लिज २०७६ चैत २१ गते २३:४५ मा प्रकाशित

गुआक्वील, इक्वेडर । कोरोना भाइरस संक्रमणवाट मर्नेहरुको शव व्यवस्थापन गर्न नसक्दा इक्वेडरको पश्चिमी एक शहर गुआक्वीलको सडकमा यत्रतत्र शव देखिन थालेका छन् । भाइरस संक्रमणवाट मर्नेहरुको संख्या दिनप्रति वढ्दै जांदा शव राख्ने सेमेटरी क्षेत्रहरु पुरै भरिएका छन्, जसले गर्दा अरु शव कहां राख्ने भन्ने प्रश्न उठेको छ ।

कोरोनाको संक्रमण फैलिंदै गएपछि सार्वजनिक सेवाका सम्पूर्ण संरचनाहरु ध्वस्त भइसकेकोले सर्वसाधारणलाई विरामीलाई कहां लैजाने र दाहसंस्कार कहा गर्ने जस्ता समस्याहरु सिर्जना भएका छन् ।

सीएनएनले शवलाई गाड्ने ठाऊ नभएपछि सडकमा प्लाष्टिकले वेरेर कार्टुनले छोपेर राखिएको एउटा तस्विर सार्वजनिक गरेको छ । गुआक्वीलमा संक्रमण यति धेरे वढ्दै गएको छ कि अस्पतालले अव अरु कुनै विरामीलाई स्वीकार गर्न सक्ने अवस्था छ्रैन । मानिसहरुले उपचारका लागि लगातार आपतकालिन सेवाका लागि कल गरिरहेका छन् तर पांच दिनदेखि कल गर्दा पनि उपचार पाउन सकेका छैनन् ।

इक्वेडरमा अवस्था यति भयावह वन्दै गएको छ कि कति मानिसको मृत्यु भयो भन्ने सम्म पनि सरकारले जानकारी गराउन सक्ने अवस्था छैन । सडकमा गल्दै गएका शवहरुको दुर्गन्धले मानिसहरु वस्ती नै छाडेर हिंड्न थालेका छन् । (स्रोत तथा तस्विर : सीएनएन्)

प्रतिक्रिया