तीन सय विपन्न परिवारलाई खाद्यान्न वितरण–अशक्तलाई खाना खुवाउँदै

इनेप्लिज २०७६ चैत २१ गते १०:१६ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२१ चैत । लकडाउनबाट प्रभावित मानिसहरुलाइ सहयोगी हातहरुले सहयोग पु¥याइरहेका छन् ।

दैनिक ज्यालादारीमा काम गरिखानेहरुलाई बिहान बेलुकी हातमुख जोर्ने समस्यालाई समाधान गर्न यी सहयोगी हातहरुले उनीहरुमा खुसीयाली छाएका छन् ।

मुस्लिम कम्यूनिटी सेन्टरले विराटनगरका –६ प्रगति टोलका ३०० विपन्न परिवरलाई बिहीबार खाद्यान्न सहितको राहत वितरण गरिएको छ ।

विद्यार्थी नेता एवं समाजसेवी वसिम आलमले सरकारले कोरोना भाइरस (कोभिड–१९)संङक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गर्नेहरुलाई खाद्यान्न सङ्कट परेको जानकारी प्राप्तसँगै राहत वितरण गरिएको बताउनु भयो ।

मुस्लिम कम्युनिटीका सदस्यहरुबाट आर्थिक सङ्कलन गरी उक्त राहत वितरण गरेको हो ।

नेता आलमले लकडाउनबाट प्रभावित विराटनगरका भित्री सडकमा रहेका विपन्न, रोजगार विहीन, अशक्त, अपाङगहरुलाई दैनिक तयारी खाना वितरण गर्दै आइरहनु भएको छ ।

यो कार्य लकडाउन अवधिभर जारी रहने युवा नेता आलमले बताउनु भयो ।

प्रतिक्रिया