प्रदेश नं. १ मा कोभिड–१९ को आशङ्कामा ५९ जनाको स्वाव टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

मनोज दाहाल २०७६ चैत २० गते २०:०२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २० चैत । प्रदेश नं. १ मा कोरोना भाईरस (कोभिड १९) को आशङ्कामा आज (विहिवार)सम्म ५९ जनाको स्वाब टेष्ट गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यसरी सङक्लन गरिएको स्वाव टेष्टमा १४ जना महिला सहित ५९ जना रहेकोे सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट एक, ते¥हथुमबाट दुई, सङ्खुवासभाबाट एक, भोजपुरबाट दुई, सोलुखुम्बुबाट पाँच,ओखलढुङ्गाबाट दुई, उदयपुरबाट चार र पाँचथरबाट तीन जना शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको हो ।

प्रदेशमा आजसम्म आईसोलेसनमा ११ जना भर्ना भएका छन् जसमा पाँच जना महिला रहेका छन् । प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई आज व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया