सोमबार, असोज ५ २०७७
काठमाडौं १५:५८
वासिङटन डिसी 06:13

कोरोना संक्रमणले अमेरिकाको अर्थतन्त्र ध्वस्त हुने संकेत, ६६ लाख अमेरिकन वेरोजगार

इनेप्लिज २०७६ चैत २० गते १२:५२ मा प्रकाशित

 

डिसी । कोरोना भाइरसको संक्रमण वढ्दै जांदा ६६ लाख मानिसहरु वेरोजगार भइसकेका छन् ।

गत हप्तासम्ममा ६६ लाख मानिसले वेरोजगारी भत्ताका लागि निवेदन गरेकोले पनि कोरोना संक्रमण वढ्दै जांदा अर्थतन्त्र ध्वस्त हुने संकेत देखिएको छ । मानिसहरु वेरोजगार हुंदै जांदा अमेरिकामाथि ती वेरोजगार मानिसहरुलाई वेरोजगार भत्ता, मेडिकेड र हेल्थ इन्सुरेन्स दिनुपर्ने दायित्व वढ्छ ।

वेरोजगारहरुको संख्या अझै वढ्ने अनुमान गरिएको छ किनकी टेलिफोन लाइन र इन्टरनेट समेत व्यस्त हुंदा धेरै मानिसले अझै पनि वेरोजगारी भत्ताका लागि आवे्दन गर्न पाएका छैनन । अघिल्लो हप्तामा ३३ लाख जनताले वेरोजगारी भत्ताका लागि आवेदन दिएकोमा एकै हप्तामा वेरोजगारहरुको संख्या दुगुना भएको हो ।

(स्रोत: सीएनएन)

 

प्रतिक्रिया