कैलाली कञ्चनपुरका किसानलाई क्रोना भन्दा पनि गहुँ काट्न चटारो

वीरेन्द्र रावल २०७६ चैत २० गते १०:२० मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, चैत्र २० । सरकारले लक डाउन गरेको भएपनि बर्षभरीको पेट गुजारा गर्ने माध्यम गहुँबाली सनेल्ने(भित्र्याउन) कैलालीका कञ्चनपुर लगायतका किसानहरु बारीमा व्यस्त देखिएका छन् ।

सरकारले लक डाउन घोषणा गरेपछि ८ दिनसम्म कामकाज केहि नगरी बसेका साना देखि ठूला किसानहरु यतिबेला गहुँका खेत र फाँटमा लाईन मिलाएर गुहँबाली भित्र्याउन व्यस्त भएका हुन ।

दुईदिन यता कैलाली कञ्चनपुर जिल्लाका खेतवारी र फाँटहरुमा हजारौं किसानहरु गहुँ काट्नमा व्यस्त भैरहेका छन् । क्रोना संक्रमण भन्दापनि उनिहरु बेला बेलामा मौशम परिवर्तन हुँने हुँदा कतै बारीमा पाकेको गहुँ भित्रयाउन पाईदैनकी भन्ने चिन्ताले ग्रसित बन्दै गहुँकाट्नमा चटारो गरिरहेका छन् ।

कैलालीको साविक उर्मा हाल धनगढी उपमहानगरपालिका वडानम्बर १७ कि महिला वडा सदस्य सीमा चौधरी । चौरीले भनिन् ः गाउँमा भेला नहून र ६ फिटको दुरी कायम गरेर काम गर्न सल्लाहा दिंदा पनि किसानहरु गहुँखेती हुरुक्कै सुक्ने र बाली खेतमै झर्ने समय आईलागेकोले भोकमरीको समस्या उत्पन्न हुने डरले बारीका जान थालेका देखिन्छन् ।

धनगढी उपमहानगरपालिका वडानम्बर ९ का किसान दिनेश कुमार चौधरीले पनि हिउँदे वाली गहुँ भित्रयाउने तयारी भैरहेको बताएका छन् । गहुँ काट्ने मानिस समेत नहुँदा गाउँमा धानकाट्ने मेसिन पनि सिमित भएको ,डिजेलको अभाव समेत देखिएकाले थ्रेसरपनि पाउन गाह्रो भएको चौधरीले बताए ।

क्रोनाका मानिसहरु घरबाट बाहिर निस्कीन नमानेको र कतिपय मजदुरहरु ज्यालामा समेत बढोत्तरी गरिरहेकाले पनि बारीमा पाकेको गहुँ समयमा भित्र्याउन अप्ठ्यारो भैरहको पनि दिनेश चौधरीले बताएका छन् ।

सरकारले दुरी कायम गरेर बस्ने, घरबाट बाहिर ननिस्कीन आग्रह गरेपनि खेतको बाली भित्राईदिने कसले भनेर खेती भित्रयाउनझेलसम्म लक डाउनको केहि अर्थ नभएको कुरा किसान ठाँडा रानाले बताए ।

सरकारले शहरबजारमा लकडायन उल्लंघन गर्ने सवारी चालकहरुलाइ नियन्त्रणमा लिने, बजार खोल्ने कार्यलाई पूर्णरुपले प्रतिबन्ध लगाएको भएतापनि कैलाली कञ्चनपुर जिल्लाका ग्रामिण बस्तीमा भने लक डाउनको समयमा मानिसहरु खेतबारीमा व्यस्त देखिएका भेटिन्छन् ।

शहरी क्षेत्र भन्दा पनि ग्रामिण क्षेत्रमा युवाहरु भारत विदेश जाने र कैयौं गाउँका युवाहरु विदेशबाट आएर क्वाईरेन्टाईनमा नबस्ने,गाउँघरमा हेलमेल गर्ने लगायतका कार्य गर्नाले गाउँमा कथंकदाचित क्रोनाको संक्रमण फेला परेको खण्डमा यसले निकै ठूलो समसया सृजनागर्ने खतरा रहेको धारणा व्यक्त गर्दछन् कैलाली जिल्ला समन्व्य समितिका संयोजक सूर्य बहादुरर थापा ।

उहाँले भन्नु भयो : किसानले बाली नाली नभित्र्रयाउने हो भनेपनि खाने के भन्ने समस्या छ , त्यसका लागि सरकारले केहि दिनका लागि पनि किसान राहतका कार्यक्रमहरु ल्याउन सकेको भए लक डाउनको समयमा खेती पाती भित्र्याउने कार्यलाइ व्यवस्थित गर्न सकिने थियो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया