व्यावसाहिक वकिल समाज (प्रोफल) बाट बुटवल उपमहानगरपालिका वडा नं. १४ मा आयोजना गरेको तेस्रो राहत समग्री वितरण कार्यक्रम

इनेप्लिज २०७६ चैत १९ गते २१:४६ मा प्रकाशित


लकडाउनको प्रभावबाट दैनिक छाकटार्न समस्यमा परेका अति विपन्न एक सय अठार परिवारका झन्डै छ सय नागरिकहरुलाई उनीहरुको घरघर मा पुगी एक हप्ताका लागी आवश्यक दाल, चामल, नुन, तेल समेतका खाद्य सामग्री बितरण कार्यक्रम सम्पन्न भयो । यो पुनित कार्यक्रम उक्त १४ नं. वडा कार्यलयको व्यवस्थापन र सहजिकरण बाट सम्पन्न भएको थियो । वितरण गरिएको खाद्य सामग्री आफ्ना स्वर्गीय पिताश्री गोविन्द वियोगीको स्मृतीमा छोरी रोशनी वैद्य मलेगो, छोरा ज्योति वैद्य र छोरी डा. चादनी वैद्य श्रेष्ठले दानस्वरुप उपलब्ध गराउनु भएको थियो । यस्तै गरी दोस्रो कार्यक्रम हिजो १५ नं. वडामा सम्पन्न भएको थियो ।

यस तेस्रो राहत वितरण कार्यक्रम सफल पार्न व्यवस्थापन तथा सहजिकरण गर्ने १४ नं. वडा कार्यालय परिवार एवं वडा नंं. १४ का वडा अध्यक्ष दधी नैपाने र खाद्य सामग्री दाताहरु समेतलाई यस प्रोफल ले हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

कमल प्रसाद मलेगो
अध्यक्ष
व्यावसायीक वकिल समाज (प्रोफल)
बुटवल
२०७६।१२।१९

प्रतिक्रिया