आज हामी बिकसित देशमा भएर पनि बिषम परिस्थितिको चेपेटोमा चेपिएका छौ । संसार भरि हस्पिटलको बेडमा कोरना सॅग लडिरहेका हाम्रा दाजुभाई दिदिबहिनिहरू र तिनका परिवारहरूलाई यस माहामारिलाई हामिले सहजै हराउन सक्छौ भन्ने उदारण र आत्मबल अमेरिका बाटै दिन जरुरी छ। अमेरिकाबाट हामिले सकात्मक सन्देश दिन सक्यौ भने संसारभर कोरनासॅग लडिरहेका नेपालि दाजुभाई दिदिबहिनिहरूको आत्मवल पनि उच्च बन्ने छ । कोरना बिरुद्दको लडाई अव प्रविधि र औषधिले मात्र लड्न सक्दैन भन्ने कुरा पनि हामिले बुझ्न जरुरी छ । प्रविधि र औषधिले मात्र हुने थियो भने अमेरिका र यूरोप यति पीडित हुने थिएन। आज हामि यति आताॅकित हुने पनि थिएनौ। हामिले अव समाजको मनोवैज्ञानिक पक्षलाई उच्च बनाउन सक्यौ भने हामीले नसोचेको सफलता प्राप्त गर्न सक्नेछौ। तसर्थ संसार भरका नेपालीहरूको आत्मबल हामिले अमेरिका बाटैनै बढाउनु पर्छ र हामिले सक्छौ पनि। उच्च आत्मवल ले किच्न सक्यौ भने प्रविधि र औषधिले अन्तत्व हामिलाई नै साथ दिन बाध्य हुनेछ ।
यो संसारकै लागी निक्कै चुनौति र दुखद घडि हो ।एकप्रकारले हाम्रो क्षमताको परिक्षा पनि । संसार भरका नेपालिले अव हाम्रो नाडी छाम्नेनै छन् । हामिले यहाॅबाट दिने सन्देश र एकतालाई पनि हेर्ने छन्। विगतमा कतिपय समय र परिस्थितिमा हामि कहिन कहि चुकेका छौ । ती गल्ति र कम्जोरिबाट पाठ सिकेर अगाडी बढ्नुको अर्को बिकल्प हामिसॅग छैन अव । मलाई लाग्छ अमेरिकी नेपालि समाज यसपल्ट चुक्नु हुॅदैन । हामिले गरेको एउटा सानो सकरात्मक कामले पनि संसार भरिका नेपालिलाई प्रेरणा दिन सक्छ। अव हामि ले त्यो बातबरण बनाउनु नै पर्छ । हाम्रो अगाडी समय निक्कै कम छ । कति साथिहरूले आफ्नो र आफ्नै परिवारको परवाह नगरेर दिन रात खट्टिराख्नु भएको छ। अमेरिकामा नेपाली डाक्टर, नर्स सबै जना परिवार र ज्यानको बाजि राखेर यो युद्दमा होमिनु भएको छ । समय कति पीडादायि छ। म बेलाबेलामा निशब्द हुन्छु । तपाईहरू प्रति नतमस्तक छु । अहिले हाम्रो भगवान तपाईहरू नै हो । म तपाईहरू सबैलाई ह्रदय देखि नै नमन गर्दछु । तपाईहरूको साहस र क्षमतलाई मेरो कोटि कोटि प्रणाम ।
ती परिवारहरूलाई यो दु:खद घडिमा हामिले साथ दिन जरुरी भईसकेको छ। यस महामारिबाट अमेरिकामा धेरै परिवार पीडित भईसक्नु भएको छ । तपाईहरू धैर्य र उच्च मनोवल बनाउनु होस ।हामी साथमा छौ भनि अव हामिले भन्नसक्नु पर्यो। उचित सहयोगको लागी आबश्यक तयारि पनि। मित्रहरू आउनु होस । मैले हिजो पनि सामाजिक सन्जाल बाट अपिल गरेको थिए र आज पनि गर्दैछु । छाती फराकिलो पारेर अगाडी बढौ । प्रबासको ठाउॅ, यो दुखद घडी नेपाली समुदायको लागी परिस्थिति झन् झन् कठिन बन्दै गएको छ । बिगतका सामान्य तिक्तताहरू सम्झेर त्यसैत हाम्रो सानो मन झन् यस्तो घडिमा खुच्यायौ भने हाम्रो परिस्थिति के होला ? अमेरिकी नेपाली समाज केहि प्रतिशत आर्थिक रुपले सक्षम भए पनि धेरै प्रतिशत आर्थिक रुपले सपन्न छैनौ। फेरी आर्थिक रुपले सपन्न भए पनि भाईरसले तॅ धनि तॅ गरिब भनेर छुट्टयाउॅदैन। आर्थिक रुपले सपन्न भएर मात्र हुने थियो भने हामी संसारकै सपन्न मुलुकमा बसेर पनि हामिनै सबै भन्दा धेरै डराऊनु पर्ने थिएन। तसर्थ यो मुठ्ठि फुकाउने समय हो, छाती फराकिलो पार्ने समय हो । समयमै छाती फराकिलो पारेर बिवेकपूर्ण ढंड्गले काम गर्ने सकेनौ भने स्वघोषित समाज सेवी भन्नुको कुनै अर्थ र तुक रहॅदैन। जुनसुकै बिचारमा आस्था राख्नुस, जुनसुकै धर्ममा, जात, बर्ग, लिंग जे भए पनि अहिलेको हाम्रो साझा समस्या र चुनौति भनेको कुशलता पुर्बक यस महामारि सॅग लड्नु र यसलाई विवेक सॅगत तरिकाले सॅधैको लागी परास्त गर्नु र हामी सबै सुरक्षित रहनु हो ।
तसर्थ, तपाईहरू अमेरिकाको कुन ठाउॅमा हुनुहुन्छ, कस्तो अवस्था हुनुहुन्छ । आउनुस यो बिषयमा समयमा हातेमालो गरौ । अहिले माया, सदभाव र सहयोग बाॅड्न सक्यौ भने हामि बिचमा पनि माया, सदभाव र बिश्वास बढेर जान्छ । आफु आफुमा भरोसा पनि बढ्छ । यस परिस्थितिमा तपाईहरूको दु:खमा थोरै भने सहयोगी हुन् पाए भने त्यो मेरो लागी पनि अहोभाग्य हो । म र मेरो परिवारको तर्फबाट हजुरहरूलाई गर्ने सक्ने सहयोगको लागी २४ सै घण्टा तयारी हालतमा छु । ठूलो देश छ तपाईहरूको अगाडी नै आएर सहयोग गर्न सकिन भने पनि मेरा प्रिय मित्रजन साथिभाईहरू मार्फत सहयोग गर्ने छु । मनमा कुनै हिचकिचट नराखि फोन गर्नु होला ।
प्रतिक्रिया