भप्रदेश नं १ मा ५४ जनाको कोरोना भाइरस(कोभिड–१९) टेष्टमध्ये ४२ जनाको रिपोर्ट नेगेटि

मनोज दाहाल २०७६ चैत १९ गते २१:२७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१९ चैत । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का सङकास्पद विरामीबाट लिएका ५४ थ्रोट स्वाव नमूना सङ्कलन मध्येमा आजसम्म ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशका विभिन्न अस्पतालहरुबाट ५४ जनाको नमूना स्वाव सङ्कलन गरिएको थियो भने १२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

यसरी सङ्कलन गरिएको स्वावमध्ये झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट एक, ते¥हथुमबाट दुई, संखुवासभाबाट एक, भोजपुरबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट चार र पाँचथरबाट तीन जनाको रहेको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना(कोभिड–१९) परीक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो भएको उहाँले बताउनुभयो ।

विपीमा परीक्षणका कारण आज मात्रै १२ जनाको रिपोर्ट आएको डा. मेहताले जानकारी दिनु भयो ।

प्रदेशभरिमा वुधवारसम्ममा कोरोना भाईरसका सङ्कास्पद ११९ जना विरामीले विभिन्न अस्पतालमा नाम दर्ता गराएका छन् जसमध्ये सुनसरीबाट १०६, मोरङ र झापाबाट पाँच÷पाँच र बाँकी अन्य क्षेत्रका रहेका छन् ।

प्रदेशमा निर्माण गरिएको आईसोलेसनमा छ महिला सहित नौ जना विरामी रहेकाका छने भने यसरी बस्नेहरुमा ओखलढुङ्गा, उदयपुर र पाँचथर दुई÷दुई जना महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट एक ÷एक जना हुनुहुन्छ ।

प्रदेशका ४३ अस्पतालले ३८५ आईसोलेसन शैय्या तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

प्रदेशमा अहिले ३६१ वटा ‘फिवर क्लिनिक’ सञ्चालनमा रहेकोमा वुधवार एक हजार २४६ जना विरामी उपचारका लागि थिए ।

यसैगरी प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री ५०७ थान आज वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया