शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:३४
वासिङटन डिसी 16:49

कोरोनाबाट बच्न मास्क अत्यावश्यक

२५ देखि ५० प्रतिसतसम्म संक्रमतिमा कुनै लक्षण नदेखिने

यादवराज जोशी २०७६ चैत १९ गते १५:२२ मा प्रकाशित

यादवराज जोशी

कोरोना भाईरस (कोभिड १९) संक्रमणमा नयाँ आयाम देखिएको छ । आयरल्याण्डमा ५० प्रतिसत संक्रमितमा कुनैपनि लक्षण नदेखिएको तर परीक्षणमा कोभिड १९ को संक्रमण पाईएको थियो । यसले कुनै पनि व्यक्ति बाहिर हिडदाँ वा मानिसहरुको आवतजावत हुने ठाँउमा जाँदा मास्क प्रयोग अनिवार्य देखिएको सिएनएनले जनाएको छ ।

यसअघि संक्रमण नभएका व्यक्तिले मास्क लगाउनु आवश्यक नभएको विश्व स्वास्थ्य संगठनले बताएको थियो । तर, विश्व स्वास्थ्य संगठनले केही दिन अगाडि मात्र उपलव्ध भएका मास्क प्रयोग गर्न सल्लाह दिएको थियो । अमेरिकी संक्रमण नियन्त्रण तथा रोकथाम निकाय सिडिसीले पनि मास्कको प्रयोग आवश्यक नभएको बताएका थियो । अमेरिकामा २५ प्रतिसत संक्रमितमा पहिले कुनै लक्षण नदेखिएको सिडिसीले जनाएको छ ।

अमेरिकी जनतालाई मास्क प्रयोग नगर्न कोरोना टास्कफोर्सले अनुरोध गर्दै आएको थियो । यसको भीत्री कारण स्वास्थ्यकर्मीलाई मास्कको अभाव भएको पाईएको छ । “हामी सर्वसाधारणलाई मास्क प्रयोग गर्न सिफारिस गर्दैछौ,” डा. एन्थोनी फाउजीलाई उदृत गर्दै सिएनएनले लेखेको छ, “स्वास्थ्यकर्मीलाई मास्कको समस्या नहुने स्थितीमा सर्वसाधारणलाई मास्क प्रयोग गर्न भनिनेछ ।”

विश्व स्वास्थ्य संगठनले मास्क नै कोभिड १९ बाट बच्ने साधन नभएको बताएको छ, “बारम्बार हात धुनु र अनुहारमा हात नलैजानु साथै भीडमा नजानु नै कोभिड १९ रोक्ने सुरक्षित कदम हुन ।” मास्कको प्रयोग गर्दा बेलाबेला अनुहारमा हात पुर्याउनु पर्ने हुदाँ पहिले मास्कलाई निरुत्साहित गरिएको थियो ।

अप्रिलको मध्यमा अमेरिकामा दैनिक दुई हजारसम्मको कोभिड १९ का कारण मृत्यु हुन सक्नेछ । समाजिक दुरी कायम नगरे २२ लाख अमेरिकीको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । अमेरिकी सरकार समाजिक दुरी र स्टे होम अर्डर मार्फत मृत्यु हुनेको संख्या एकलाखदेखि दुईलाख ४० हजारको बीचमा राख्न चाहेको छ । अमेरिकामा बुधबार बिहानसम्म तीन हजार आडसय ५२ जनाको मृत्यु भैसकेको छ भने एकलाख ८६ हजार संक्रमित भएका छन् ।

स्रोतः सिएनएन, एजेनसीहरु

प्रतिक्रिया