बिहीबार, असोज ७ २०७८
काठमाडौं १६:१९
वासिङटन डिसी 06:34

न्युयोर्कमा कोरोना भाइरसको संक्रमणवाट निको भै घर फर्केका मोक्तानले भने -आफूलाई ३०-४० प्रतिशत चै मर्छु जस्तो लागेको थियो

इनेप्लिज २०७६ चैत १९ गते १०:५२ मा प्रकाशित

न्युयोर्कमा कोरोना भाइरसको संक्रमणवाट स्वस्थ भै घर फर्केका मोक्तानले आफूलाई ३०-४० प्रतिशत चै मर्छु जस्तो लागेको बताए । उक्त कुरा गत मार्च ३१ का दिन वाशिंगटन डिसी स्थित राजदुताबासले कोरोना भाइरस संक्रमण बिषयमा समुदायको निम्ति आयोजना गरिएको दूर संवाद प्रणाली (टेली कन्फरेन्स कल)मा उक्त कुरा बताएका हुन् ।

उक्त छलफल कार्यक्रम अमेरिकाका लागि राजदुत डा अर्जुन कुमार कार्की (विधा वारिधि )को पहलमा भएको थियो । कोभिड-१९ बाट संक्रमित भै घर फर्की आराम गरि रहेका न्युयोर्कका चित्रकार/भिडियोग्राफर मोक्तानले आफूलाई कोरोना भाइरस संक्रमित भएको कुरा संक्षेपमा सहभागी सबैलाई भर्ना भएको पहिलो दिन देखि फर्केको दिन सम्मका कुराहरु बताएका थिए।

राजदुत कार्कीले उक्त छलफलमा मोक्तानलाई आमन्त्रित गरेका थिए । मोक्तानले आफ्नो कहानी संक्षेपमा बताउदै नेपाली समुदायलाई ‘नआत्तिनु तर श्वासप्रश्वासमा समस्या भएमा ढिलो नगर्नु’ भनि सुझाव दिएका थिए ।

उनले सामान्य ज्वरो आएमा अस्पताल नगए पनि हुन्छ र आत्ति हाल्नु पर्ने कुरा छैन भने । उनले अगाडी भने बजारमा सुनिएको जस्तो कोरोना भाइरसको लक्षण नहुने बताए । आफूलाई पहिला शरीर दुख्थ्यो र दुखाई निको हुने ओखति सेवन गर्थे भने । मोक्तानले अस्पताल जानु भन्दा अगाडी विचार गर्न नेपाली समुदायलाई आग्रह गरे । र अस्पतालमा ज्यादै भिडभाडले मानिस आत्तिने हुन्छ उनले भने ।

कोरोना भाइरस संक्रमित मूक्त भएका मोक्तानले आफुलाई कुनै पनि कोरोना भाइरसको त्यस्तो लक्षण नभएको र ८-९ दिन पछि अलिकति श्वास प्रश्वासमा समस्या भएको बताए ।

उनले जव आकस्मिक कक्षमा भर्ना भए पछि कोभिड-१९ को जाँच र पहिलो पटक नाक बाट नमुना निकालेको बताए । पहिला उनको एक्स-रे र रगत संकलन गरे पछि २ दिनमा घर जान सक्छौ पनि चिकित्सकले भनेको बताए ।

शरीर दुख्दा दुखाई निको हुने ओखति दिने ,हरेक दिन रगत परीक्षण गरे पछि ५ औ दिनमा खतरामुक्त भएको जानकारी चिकित्सकले दिएको मोक्तानले भने । आफूलाई स्वास प्रश्वास समस्या भए पछि अस्पतालमा एकल रुपमा राखेको जनाए ।

र उनले भने उपचारमा उनलाई भिटामिन सि,भिटामिन बि र दुखाई निको हुने दबाइ दिने गरेको उक्त छलफलमा सबैलाई आफूले भोगेको अनुभव सुनाए । गत आइतबार निको भए पछि घरमै पनि आराम गर्न सक्छौ भने पछि आफुले जान्छु भनेको बताएका थिए ।

उनलाई घर हिड्ने बेलामा स्वास्थ्य परिचारिका (नर्स)ले सबैकुरा को जानकारी भएको सूचना सहितको कागज उनलाई एक प्रति दिएको उनले सबैलाई जानकारी दिए ।

उनलाई जिज्ञाशा राख्दा अस्पतालमा कुनै कमजोरी नलागेको बताएका थिए । उनले अन्त्यमा कोरोना भाइरस लागेको मान्छेलाई आफू बाचिन्छ कि बाचिदैन भन्ने सोच्न आउने हुँदा आफूलाई पनि ३०-४० प्रतिसत मर्छु जस्तो लागेको भनेका थिए ।

मोक्तानले राजदुत कार्कीलाई पनि धन्यवाद दिएका थिए । र उनले बोल्न आफुलाई गाह्रो हुने हुनाले कसैले पनि आफुलाई सन्देश(मेसेन्जर या टेक्स)मार्फत जानकारी लिन चाहेमा आफूले उत्तर दिन सक्ने बताएका थिए ।

प्रतिक्रिया