दैनिक ६० जना मजदूरहरुलाई विहान वेलुकी होटलमा खानाको व्यवस्था

मनोज दाहाल २०७६ चैत १९ गते १०:२८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १९ चैत । लकडाउनको कारण सार्वजनिक यातायात सञ्चालन बन्दमा विचल्लीमा परेका सवारी साधनका मजदूरहरुलाई आजदेखि यहाँ विहान र वेलुकी खाना खुवाउने कार्यको शुरु गरिएको छ।

सूनौलो पूर्व नेपाल यातायात सेवा प्रालि, नेपाल यातायात मजदूर सघ, बसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्त रुपमा बसपार्कमा रहेको होटलमा दैनिक दुरी मिलाएर ६० मजदूरलाई विहान र वेलुकी खाना खुवाउन कार्यको आजदेखि शुरु गरिएको छ।

सुनौलो विहानका अध्यक्ष राजन कँडेलले सार्वजनिक यातायात सञ्चालन नहुंदा भोकै वस्नु परेको कैलाली, वाँके,जनकपुर, नेपालगँजका लगायतका मजदूरहरुलाई लकडाउनको अवधिसम्म वाँच्नका लागि खाना खुवाउन संघसंगठनको पहलमा खानाको व्यवस्था गरिएको बताउनु भयो ।

सप्तरीका चालक हरिनारायण मुखीयाले यातायात सञ्चालन नहुंदा भएको रकम सवै खर्च भएको र भोकै वस्नु पर्ने अवस्थामा अहिल सघसंगठनले खानाको व्यवस्था गर्दा खुशी लागेको बताउनु भयो ।

उक्त कार्यमा सिएमजी स्वास्थ्य क्लव विराटनगर–११ समेत सहयोग गरेको छ भने अन्यदाताहरुलाई सहयोगका लागि मजदूरहरुका संघसंगठनहरुले आव्हान गरेका छन् ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया