कोरोना परीक्षणगर्ने उपकरण हेलिकोप्टर मार्फत धनगढी पुग्यो

वीरेन्द्र रावल २०७६ चैत १८ गते २१:२० मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,चैत्र १८÷ ढिलै भएपनि अव सुदूरपश्चिमबाट क्रोना सम्भावितहरुको स्ववाबको नमूना काठमाण्डौ पठाउनु पर्ने झण्झट अन्त्य हुने कुरा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भएको छ ।

संघिय सरकारले कोरोना भाईरसका सम्भावित विरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका सामाग्री मंगलबार मात्रै नेपाली सेनाको हेलिकप्टर मार्फत गेटा विमानस्थलमा पुराएको हो ।

चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण र पाँचजना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलीकप्टर मार्फत धनगढी पठाएको हो । सामाजिक विकास मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलीकोप्टर प्रयोगशालाका उपकरण लिएर धनगढीमा अवतरण गरेको बताए । संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो। ।

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र बुधबारबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ । उक्त उपकरणबाट कोरोना भाइरसको परिक्षण दुई, तीन घण्टा भित्रै हुनेछ । मलिक्युलर डायग्नोसिस बिज्ञ सुनिल प्रशाद लेखक र धनगढीमा रहेका प्राबिधिकको समेत सहयोगमा परिक्षण हुनेछ । उक्त उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपछि धनगढी पठाईएको हो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया