पाँच सय असाहय र विपन्नलाई खाना वितरण

मनोज दाहाल २०७६ चैत १८ गते २१:०१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१८ चैत । लकडाउनका कारण श्रम गर्नबाट वन्चित , विपन्न तथा असहायहरुलाई आज विराटनगरमा खाना वितरण कार्यको शुरु गरिएको छ ।
विराटनगर महानगरपालिका र श्री श्याम परिवारले संयुक्तरुपमा रोजगार विहिन श्रमिक,असहाय असक्त ,सडकमा वसेर माग्ने र अतिविपन्न पाँच सय जनालाईृ खाना खुुवाइएको महानगरका प्रमुुख भिम पराजुुलीले जानकारी दिनु भयो ।

लकडाउनको अवधिभर उनीहरुलाई खाना खुुवाउने व्यवस्था मिलाइएको छ।

विराटनगरको शनिहाट, तीनपैनी, कञ्चनवारी, वसपार्क, वरगाछी , अस्पताल चोक तथा विराटनगर–जोगवनी नाकामा रहेका विपन्न तथा असक्तहरुलाई खानाको व्यवस्था गरिएको श्याम परिवारकाका अध्यक्ष प्रभुुदयाल तोदीले बताउनुु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया